Ad image

सुनिलस्मृति गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ८)को नतिजा सार्वजनिक, नेरामावि तेवाङको शून्य

मालश्री खवर
मालश्री खवर २८ चैत्र २०८०, बुधबार
3 Min Read
Aa

मालश्री खबर/चैत्र २७ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । गाउँपालिकाले मंगलबार नतिजा सार्वजनिक गरेको छ ।

यहीँ चैत्र ४ गते देखि १२ गतेसम्म सञ्चालन भएको गाउँपालिका स्तरीय आधारभूत तह अन्तर्गत कक्षा ८ को नतिजा सार्वजनिक गरेको सुनिलस्मृति गाउँपालिका शिक्षा अधिकृत यादव केसीले जानकारी दिनुभएको छ ।

  गाउँपालिका भित्रका माध्यमिक र आधारभूत गरी १७ वटा विद्यालयबाट कुल ५८९ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । परीक्षामा सहभागी विद्यार्थी मध्ये १८७ जना  अर्थात् ३१.७५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

- Advertisement -
Ad image

परीक्षाको नतिजा हेर्दा अधिकांश विद्यालयको नतिजा कमजोर देखिएको छ । ज्योति प्रकाश मावि हरिगाउँ, देविभक्त आधारभूत विद्यालय थुम्पाकी र रोल्पा सनलाइन बोर्डिङ स्कुलबाट परीक्षामा सम्मिलित विद्यार्थी मात्र शतप्रतिशत उत्तीर्ण भएका छन् । ज्योति प्रकाश मावि हरिगाउँबाट ३४ जना, देविभक्त आधारभूत विद्यालय थुम्पाकीबाट १६ जना र रोल्पा सनलाइन बोर्डिङ स्कुलबाट २० जना परीक्षामा सम्मिलित सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।  भने नेपाल राष्ट्रिय मावि तेबाङबाट परीक्षामा सहभागी ४९ जना विद्यार्थी मध्ये कसैपनि परीक्षामा उत्तीर्ण नभएको नतिजामा उल्लेख छ ।

नेपाल राष्ट्रिय मावि अरेशबाट परीक्षामा सम्मिलित ५६ जना विद्यार्थी मध्ये १ जना विद्यार्थीमा उत्तीर्ण भएका छन् । त्यस्तै बालबोध आवि काभ्रा बाट परीक्षामा सम्मिलित २० जना र जनता आवि कोइरालखर्क बाट परीक्षा परीक्षामा सम्मिलित १३ जना विद्यार्थी मध्ये ३-३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

ज्ञानोदय आवि महेन्द्रीबाट परीक्षामा सम्मिलित १३ जना र त्रिपुरेश्वरी मावि खुंग्रीबाट परीक्षामा सम्मिलित २३ जना विद्यार्थी मध्ये ६-६ जना विद्यार्थी मात्र उत्तिर्ण भएका छन् । जनज्योति मावि गजुलबाट परीक्षा सम्मिलित ३० जना र सूर्योदय आवि क्वालीगाउँबाट परीक्षामा सम्मिलित २६ जना विद्यार्थी मध्ये ७-७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

सूर्योदय मावि सुलिचौरको नतिजा हेर्दा परीक्षामा सम्मिलित १०४ जना, रामेश्वरी मावि घोडागाउँबाट परीक्षामा सम्मिलित ५५ जना र  जनकल्याण आवि पानिपोखराबाट परीक्षामा सम्मिलित २२ जना मध्ये १३-१३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

ज्ञान मन्दिर विद्या गृह खुंग्रीबाट परीक्षामा सम्मिलित २१ जना मध्ये १९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । हृदयश्वरी आवि हिलेबाट परीक्षामा सम्मिलित १६ जना मध्ये १२ जना उत्तीर्ण भएका छन् । चन्द्र प्रभा मावि मिझिङबाट परीक्षामा सम्मिलित ७१ जना विद्यार्थी मध्ये १४ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी विद्यार्थीले बढीमा २ विषयमा एन.जि आएको खण्डमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् । साथै प्रकाशित नतिजा उपर चित्त नबुझेमा सात दिन भित्र रु १ सय दस्तुर तिरेर विद्यालयमा निवेदन पेस गर्न सकिने शिक्षा अधिकृत केसीले जानकारी दिनुभएको छ । वैशाखको ७ गतेभित्र ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने गरी तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array