Ad image

सुनिलस्मृति गाउँपालिकाको चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मालश्री खवर
मालश्री खवर २७ चैत्र २०८०, मंगलवार
3 Min Read
Aa

मालश्री खबर/चैत्र २६ गते रोल्पा ।
सुनिलस्मृति गाउँपालिकाको चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर ५ गजुलमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिक रूपमा सम्पन्न भएका विकास योजना कार्यक्रम, सेवा, प्रवाह लगाएत समग्र क्रियाकलापको बारेमा सार्वजनिक सुनुवाइ गरिएको थियो । सुनिलस्मृति गाउँपालिकाले कार्यविधि नै बनाएर चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई कुनै एक वडा स्तरमा र वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई गाउँपालिकाको केन्द्रमा गर्दै आएको छ ।
सुनिलस्मृति गाउँपालिकाको हालसम्म भएको प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले प्रस्तुत गर्नुभएको थियो । सुनिलस्मृति गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ५१ करोड ५० लाख १६ बजेट विनियोजन भएको थियो । विनियोजित बजेट मध्ये हालसम्म २१ करोड ६ लाख ५८ हजार अर्थात कुल बजेटको ४०.९ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि नागरिकहरु बाट उठेका शिक्षा, स्वास्थ्य, कृषि, बिधुत, पर्यटन र खानेपानी, सिंचाई, पुर्वाधार, आदीको क्षेत्रमा समस्या भएको बताएका थिए । स्थानिय सरकारले अहिले सम्म सबै राम्रै कार्नको लागी प्रयास गरेकोमा स्थानिय सरकार सुनिलस्मृती गाँउपालिकालाई धन्यवाद पनि दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि नागरिकहरु बाट आएका प्रश्न एंव जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, प्रमुख प्रसासकीय अधिकृत गोबिन्द भट्टाईले सम्रग गाँउपालिका सँग उठेका प्रशन एंव जिज्ञासाहरुको जवाफ दिनु भएको थियो भने, वडा र बिभिन्न शाखा सँग सम्बिन्धीत रहेर उठेका प्रशन एंव जिज्ञासाहरुको वडा न. ३ का वडा अध्यक्ष दृर्गा बहादुर बिष्ट, वडा न. ५ का वडा अध्यक्ष मणी थापा, वडा न. ६ का वडा अध्यक्ष लोकेन्द्र थापा र गाउँपालिकामा रहेका विभिन्न बिषयगत शाखाका प्रमुखहरुले लगाएतले जवाफ दिएका थिए ।

सार्बजनिक सुनुवाई कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष रेशम शर्मा (रिजाल), र कार्यपालिकाका सदस्यहरु, वडा स्थित बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधीहरुको आतिथ्यता रहनुको साथै सोही सार्वजनिक सुनुवाई कार्यक्रममा टोलबिकास समिति, आमा समुह, युवा क्लब, बाल क्लब, बिभिन्न विद्यालयका शिक्षक, गाउँपालिकाका कर्मचारी लगाएत आम नागरिकहरुको सहभागिता रहेको सुनिलस्मृति गाउँपालिकाले जानकारी दिएको छ ।
सुनिलस्मृती गाँउपालिका प्रसासन शाखा कर्मचारी धर्मराज भण्डारीले संचालन गर्नु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण रेडियो सभ्यताका पत्रकार गणेश केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array