Ad image

सूर्योदय सहकारीद्वारा मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

मालश्री खवर
मालश्री खवर २३ चैत्र २०८०, शुक्रबार
3 Min Read
Aa

भरत विश्वकर्मा/चैत्र २३ गते सुलिचौर रोल्पा ।

सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनिलस्मृति गाउँपालिका ३ रुइनिबाङले मृत्यु दाबी बिमा रकम भुक्तानी गरेको छ । संस्थाले आज शुक्रवार एक कार्यक्रमको बिच मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो ।

सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका भिम बहादुर पुनको मृत्यु गत माघको ६ गतेको दिन ४३ वर्षको उमेरमा भएको थियो ।

सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सानीमा रिलायन्स लाइफ इन्सुरेन्स बिचको सहकार्यमा गरिएको बिमाबाट मृतकको परिवारलाई रकम हस्तान्तरण गरिएको बताइएको छ । मृतक सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका भिम बहादुर पुनको श्रीमती सेमु पुन लाई बिमा बापतको २ लाख २५ हजार बराबरको रकम हस्तान्तरण गरिएको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमृत बहादुर घर्तिले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

रकम हस्तान्तरण सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख आतिथ्ययतामा भएको थियो । मृतक परिवारलाई रकम हस्तान्तरण गर्दै सुनिलस्मृति गाउँपालिका अध्यक्ष तथा सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समते रहनु भएका मणिराम बुढाथोकीले मृत्यु सबैको निश्चित भएको कहिले कुन समयमा के हुन्छ त्यो कुनै निश्चित नभएको बताउदै बिमा गरेमा परिवारलाई केही सहयोग पुग्ने बताउनु भयो । साथै उहाँले भन्नुभयोˏ ‘बिमा नगरेको भए परिवारले मृतकले लिएको ऋण तिर्न बाध्यता हुन्थ्यो तर आज बिमाले उक्त रकम भुक्तानी गरिदियो ।’  साथै उहाँले बिमाका संस्थाहरुको पहिचान गरेर मात्र बिमा गर्न समेत सुझाब दिनुभएको थियो ।

मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरणमा सानीमा रिलायन्स लाइभ इन्सुरेन्स रोल्पा शाखा प्रमुख ज्ञानेन्द्र शर्मा र समाजसेवी शालिग्राम सुवेदीले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले जीवनमा कहिले के हुन्छ त्यसको बारेमा कोही पनि जानकार नहुने बताउदै बिमा गर्नु अति आवश्यक रहेको बताएका थिए । बिमाले परिवारको सदस्यलाई केही भएपनि सहयोग पुग्ने उहाँहरूको भनाई रहेको थियो ।

सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमृत बहादुर घर्तिको अध्यक्षतामा भएको बिमा रकम हस्तान्तरण कार्यक्रममा सुनिलस्मृति गाउँपालिका अध्यक्ष तथा सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका मणिराम बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सानीमा रिलायन्स लाइभ इन्सुरेन्सका रोल्पा शाखा प्रमुख ज्ञानेन्द्र शर्मा, सहकारी संस्थाका सेयर सदस्यहरू, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा लगाएतको सहभागिता रहेको थियो ।

संस्थाका निम बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन डोर बहादुर रोकाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array