Ad image

लुम्बिनी प्रदेश सभा सदस्य महराद्वारा रुन्टीगढी-२को उमा र ३को सालबाङमा विद्युत उद्घाटन

मालश्री खवर
मालश्री खवर १० चैत्र २०८०, शनिबार
5 Min Read
Aa

मालश्री खबर,चैत्र १० गते रोल्पा ।

रुन्टिगढि गाउँपालिका वडा नम्बर ३ सालबाङ  र वडा नम्बर २ उमा रोल्पामा विद्युतको उद्घाटन गरिएको छ । शनिबार लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराको प्रमुख आतिथ्यतामा उक्त क्षेत्रमा वद्युतको उद्घाटन गरिएको हो ।

कार्यक्रमको अध्यक्ष रुन्टिगढि गाउँपालिका वडा नम्बर ,३ का वडा अध्यक्ष गणेश गिरिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महरा रहनुभएको थियो ।

कार्यक्रमको विशिस्ट अतिथिको रुपमा रुन्टिगढि गाउँपालिका अध्यक्ष जनक पुन उपाध्यक्ष, सरिता केसी रहनुभएको थियो । कार्यक्रममा नेपाल बिधुत प्राधिकरण प्रमुख अशेस्वर साह, विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागी रहेको बताइएको छ ।

- Advertisement -
Ad image

  

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराले अहिले बिज्ञानले धेरै बिकास गरेकोले घर घर मा मोबाइल, कम्युटर चलाउन बत्ति बाल्न उत्पादन गरेका बस्तु राख्न बिधुतको आवस्यक रहेको उल्लेख गर्नुभयो ।

उज्यालो रोल्पा अभियान बाट रोल्पाको सबै स्थानीय तह वडा र बस्तिहरुमा बिधुत बिस्तार गरि रहेको बताउनु भयो । पछिल्लो समय केहि स्थानमा करेन्ट लागेर दुर्घटना भएको भन्ने घटना सुनिएकोले त्यस बाट बच्न को लागि स्थानीय स्वयम सजक सुझाब समेत दिनुभयो । साथै उहाँले बिधुत ट्रान्सर्फमर तथा तार हरु संरक्षण गर्न समेत सुझाब दिनुभयो ।

चुनावको समयमा आफु नेकपा माओवादी केन्द्र बाट निर्वाचन जिते पनि हामि सबै पार्टी र जनताको साझा जनप्रतिनिधि भएको बताउदै निर्वाचन क्षेत्र क को सम्पुर्ण बिकास गर्नको लागि आफु निरन्तरत लागि पर्ने बताउनु भयो । त्यस्तै महराले जनताको साशक होइन जनताको सेवक भएको बताउनु भयो । उहाँले कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ, खानेपानी, बिधुत, यातायात लगाएतको बिकासमा प्रदेश र संघमा आफु लागि पर्ने बताउनु भयो । हाम्रो ठाउँ हरु स्वर्ग भन्दा कम नभएको बताउदै बाटो निर्माण गरि चाउचाउ, बिस्कुट मात्र नलिइ हामिले उत्पादन गरेर उप्पादित सामाग्री ट्र्क भरेर पठाउन सके रोजगारीको लागि बिदेश जानु नपर्ने बताउनु भयो । हामि सँग प्रशस्त जग्गा जमिन भएकोले तरकारी खेति, पशुपाल लाग्न आग्रह गर्दै बजारको ब्यबस्था स्थानीय, प्रदेश र संघिय सरकारले गर्ने बताउनु भयो ।

रुन्टिगढि गाउँपालिका अध्यक्ष जनक पुनले रुन्टिगढिमा आफू जनप्रतिनिधि भएर आउदा विभिन्न स्थानमा ८ वटा ट्रसमिटर अलपत्र थिए र आफु निर्वाचित भएपश्चात ६ वटा सुचारु गरेका बताउनु भयो । बाकि २ वटा पनि केहि दिन मा सुचारु गर्ने योजनामा रहेको बताउदै पछिल्लो समय गापाको  धेरै बस्तिहरुलाइ उज्यालो बनाएको साथै बाकि अन्य बस्तिहरुमा पनि केहि महिनामा उज्यालो बनाउने तर्फ लागेको बताउनु भयो  । यति काम गरि रहदा पनि जनताको इच्छा चाहना अनुसार काम गर्न नसकेको बताउनु भयो ।

केहि दिन पहिले रुन्टिगढि गापामा  बिधुतप्राधिकरणको लाप्रवाहि को कारण बच्चा लाइ करेन्ट लागेर अहिले काठमाडौमा उपचार गरि रहेको बताउदै त्यस्तो अप्रिय घटना ले सिङ्गो बिधुत प्राधिकरण प्रति प्रश्न चिन्ह खडा भएको बताउदै प्राधिकरणको होलेरि शाखाले जनतालाइ राहत हुने गरि सेवा दिन अनुरोध गर्नु भयो ।

कार्यक्रममा बोल्दै रुन्टिगढि गाउँपालिका उपाध्यक्ष सरिता केसीले भन्नुभयो’ गाउपालिका मा जनप्रतिनिधिको रुपमा निर्वाचित हुदै गर्दा तपाई हरुले धेरै अपेक्षा राख्नु भएको थियो सो अनुसार बिकास गर्न नसके पनि केहि मात्रमा भए पनि बिकास निर्माणको काम गरि रहेको छौ’।

रुन्टिगढि को सबै भन्दा बिकट र बिकास ले पछि परेको ३नं वडामा अहिले अध्यारोमा बसेका जनता केहि मात्रमा भए पनि उज्यालोको महशुल गर्ने उहाँको भनाइ रहेको थियो ।

 पालिका भित्र मोटर बाटो, खानेपानी, शिक्षा स्वास्थ लगाएत का योजना अति आवश्यक रहेकोले पालिका, प्रदेश र संघले विशेष ध्यान दिन सकेमा यस क्षेत्रको समग्र बिकास हुनेमा आफु बिस्वस्त भएको बताउनु भयो ।

नेपाल बिधुत प्राधिकरण प्रमुख अशेस्वर साहले कार्यक्रममा बोल्दै रोल्पामा बजेट र कर्मचारीको कमि भएकोले बिधुत बिस्तारमा समस्या भएको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा रोल्पाका प्रदेश र प्रतिनिधि सभा का सदस्य हरुले बजेट ब्यबस्थापन गरेमा दिन रात रोल्पामा बिधुत बिस्तार गर्न लाग्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र रुन्टीगढी गाउँपालिका ३ का वडा अध्यक्ष प्रेम घर्ति, नेकपा एमालेका वडा अध्यक्ष घनश्याम पुन, नेपाली काङ्ग्रेस प्रतिनिधि पुर्ण बहादुर घर्ति, नेकपा एमाले प्रदेश सुलिङ बिभाग सदस्य ज्ञानु पुन लगाएतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array