Ad image

सुनिलस्मृतिमा विद्यमान कानुनी अवस्थाको बारेमा अन्तरक्रिया

मालश्री खवर
मालश्री खवर १० चैत्र २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर/ चैत्र १० गते सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिकामा विद्यमान कानुनी अवस्थाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सुनिलस्मृति गाउँपालिकाको सभाहलमा सुनिलस्मृति गाउँपालिका न्यायीक समिति संयोजक तथा सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाको अध्यक्षतामा जिल्ला अदालत रोल्पाका न्यायधीश खिमानन्द भुषालको प्रमुख आतिथ्यतामा कानुनी अवस्थाको विषयमा छलफल भएको सुनिलस्मृति गाउँपालिकाले जानकारी दिएको छ ।

 

जिल्ला अदालत रोल्पाका न्यायधीश खिमानन्द भुषालले, स्रेस्तेदार शिवप्रसाद पराजुलीबाट सुनिलस्मृति गाउँपालिका न्यायिक समितिबाट हुदै आएको कार्यसम्पादनको अनुगमन समेत गरिएको गरिएको छ । ‘निरिक्षणको समयमा देखिएका समस्याहरूको सकारात्मक सल्लाह सुझाव दिनुभएको छ ।’ सुनिलस्मृति न्यायीक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष मिना थापाले भन्नुभयो ‘यस कार्यले न्यायिक समितिलाई थप उर्जा र हौसला प्रदान गरेको छ’

- Advertisement -
Ad image

अन्तरक्रिया कार्यक्रममा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, वडा अध्यक्षहरू, न्यायीक समितिका अन्य सदस्यहरु, सवै विषयगत शाखा प्रमुखहरू र वडा सचिवहरू लगाएतको सहभागिता रहेको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array