Ad image

महावीर पुन पूर्वी रोल्पाको मुख्य व्यापारीक केन्द्र सुलिचौरमा

मालश्री खवर
मालश्री खवर ८ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

भरत विश्वकर्मा/ चैत्र ८ गते सुलिचौर रोल्पा ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, वैज्ञानिक, डाक्टर महावीर पुन आज बिहिबार पूर्वी रोल्पाको मुख्य व्यापारीक केन्द्र सुलिचौरमा पुग्नु भएको छ । विरगञ्ज कृषि औजार कारखाना सञ्चलानका लागि आफुले लेखेको आत्मकथा विक्रि गर्दै उहाँ आज सुलिचौर पुग्नु भएको छ ।

मंगलबार साँझ रोल्पाको सदरमुकाम लिवाङ प्रवेश गर्नुभएका वैज्ञानिक महावीर पुन बुधबार र बिहीबार सदरमुकाम आसपासका विभिन्न सरकारी कार्यालय, विद्यालय साथै बजारको मुख्य क्षेत्रमा रहेर पुस्तक बिक्री गर्दै साझ पुर्वी रोल्पाको मुख्य व्यापारीक केन्द्र समेत रहेको सुलिचौर बजारमा आउनुभएको हो ।

बिहिबार साँझ सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, गाउँपालिकाका कर्मचारी, स्थानीय व्यापारी, बुद्धिजिवि, पत्रकार लगाएतले स्वागत गरेका थिए ।

- Advertisement -
Ad image

भोली बिहान किताब बिक्रिको अभियान विहान साढे ७ बजेको समयमा सुलिचौरमा रहेको ग्लोबल  आइएमई बैँक नजिक, साढे ८ बजेको समयमा सुर्योदय माध्यामिक विद्यालयमा, विहान १० बजे रुइनिबाङमा रहेको सनलाइन बोर्डिङ स्कुल, लगाएतको स्थान हुदै प्युठानको यात्रा रहने अभियानमा रहनुभएका उद्योग वाणिज्य संघ रोल्पाका उपाध्यक्ष मिलन रोकाले बताउनु भयो ।

वैज्ञानिक पुनको अभियानलाई रोल्पाको विभिन्न क्षेत्रमा साथ दिनको लागि स्थानीय, व्यापारी, राजनैतिक दल, रोल्पामा विभिन्न मिडियामा क्रियाशिल पत्रकार, लगाएतले साथ दिइरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array