Ad image

लुङ्ग्री गाउँपालिकाको चौमासिक सार्वजनिक सुनुवाई जुटुङखोलामा सम्पन्न

मालश्री खवर
मालश्री खवर ७ चैत्र २०८०, बुधबार
4 Min Read
Aa

मालश्री खबर/ चैत्र ७ गते रोल्पा ।

लुङ्ग्री गाउँपालिका रोल्पाको आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार गाँउपालिकाको वडा न. ३ जुतुङखोलामा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिक प्रगतिको बारेमा सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको गत आर्थिक वर्ष २०८०/०८१ मा दोस्रो चौमासिक सम्म सम्पन्न भएका विकास योजना, बिभिन्न कार्यक्रम र अन्य सेवा प्रवाह, लगाएत समग्र कार्यको बारेमा बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाले बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष थापाले जनताको गुनासो सम्बोधन गरेर काम गर्न गाउँपालिका सधै अग्रसर रहने बताउनु भएको थियो । सिमित स्रोत र साधनको कारण जनताको अथाह गुनासो सम्बोधन गर्न समस्या भएको बताउदै जनताको गुनासो सम्बोधनमा क्रियाशिल रहने बताउनु भएको थियो ।

- Advertisement -
Ad image

दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा गाउँपालिकामा रहेको  शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खानेपानी लगाएत पुर्वाधार विकासमा आर्थिक बर्ष २०८०/०८१ मा भए गरेको कार्यहरूको बारेमा गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत जित बहादुर परियारले जानकारी गराउनु भएको थियो ।

हालसम्म कुल बजेटको ३६ प्रतिशत बजेट मात्र खर्चः

चौमासिक कार्य प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर परियारले गाउँपालिकाबाट हालसम्म भएगरेका समग्र क्रियाकलापहरुको बारेमा जानकारी गराउनु भएको थियो । गाउँपालिकामा हालसम्म भएगरेको बजेट कार्यान्वयनको अवस्थालाई हेर्दा कुल विनियोजित ४२ करोड ८९ लाख ६ हजार ५ सय ९९ सय बजेट मध्ये हालसम्म १५ करोड ५३ लाख ७५ हजार ७ सय ८७ रकम अर्थात कुल बजेटको ३६.२२ प्रतिशत रकम मात्र खर्च भएको छ ।

जसमा चालु खर्च तर्फ विनियोजित कुल बजेट २८ करोड ९६ लाख ८० हजार ५ सय ९९ को ३८.६७ प्रतिशत र पुँजीगत खर्च तर्फ विनियोजित कुल बजेट १३ करोड ९२ लाख २६ हजारको ३१.१३ प्रतिशत रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत जित बहादुर परियारले बताउनु भयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि नागरिकहरु स्थानिय सरकार सँग शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी सडक पुर्वाधार, बिधुत, टेलिफोन आदी लगाएका कुराहरुमा राम्रो भरपर्दो सेवा प्रबाह होस भन्ने आशा अपेक्षा गरेको जिज्ञासा प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागिहरुले स्थानिय सरकार आफ्ना नागरिकहरुका माग र गुनासो सँग गम्भिर भएर लाग्नको लागी जनप्रतिनिधी र कर्मचारीहरुलाई सुझाब समेत दिएका थिए ।

कार्यक्रममा सहभागि नागरिकहरु बाट आएका प्रश्न एंव जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष भरत कुमार थापा, प्रमुख प्रसासकिय अधिकृत जित बहादुर परियार, वडा नम्बर १ का वडा अध्यक्ष गणेश पुन, वडा न.२ का वडा अध्यक्ष अमृत बहादुर घर्तिमगर, वडा न. ३ का वडा अध्यक्ष नेमलाल खड्का, वडा न. ४ का वडा अध्यक्ष बिरबल खड्का, वडा न. ५ का वडा अध्यक्ष रिषबहादुर रोका र वडा न. ७ का  वडा अध्यक्ष हिरा बहादुर पुनमगर लगाएत गाउँपालिकामा रहेका विभिन्न बिषयगत शाखाका प्रमुख गाँउपालिका भित्र संचालित रहेका बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधीहरु लगाएतले जवाफ दिएका थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाँउपालिका भित्रका बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, गाउपालिका  भित्रका वडा अध्यक्षहरु, गाँउपालिका स्थित बिभिन्न सरकारी गैरसरकारी कार्यालयाका प्रमुख प्रतिनिधी, गाउँपालिका भित्रका बिभिन्न शाखाका प्रमुखहरु अन्य कर्मचारीहरु, सुरक्षकर्मि, पत्रकार, गाउँपालिका भित्रका  सेवाग्राही नागरिकहरु लगाएतको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिता रहेको थियो ।

लुङ्ग्री गाँउपालिका वडा न. ३ का वडा अध्यक्ष नेमलाल खड्काको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण रेडियो सभ्यताका पत्रकार गणेश केसिले गर्नुभएको लुङ्ग्री गाँउपालिकाले जानकारी दिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

Array