Ad image

युथ अफ धौलाबाङले खेलकुद कार्यक्रम गर्ने

मालश्री खवर
मालश्री खवर ५ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, चैत्र ५ रोल्पा ।
युथ अफ धौलाबाङले खेलकुद कार्यक्रम गर्ने भएको छ । रुन्टीगढी गाउँपालिका वडा नं. ५ मा रहेकोे क्लवले विविध खेलकुद कार्यक्रम गर्ने भएको हो ।

युवा सबै एकजुट हौं, खेलकुद क्षेत्रलाई माथि बनाऔं भन्ने हेतुका साथ क्लव लागि परेको छ । यो क्लवले सामाजिक कार्य गर्दै अघि बढीरहेको छ । त्यसै अनुरुप क्लवले खुल्ला भलिबल, पुरुष रस्साकस्सी, घैटा फोड, हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको क्लवका संयोजक दिनेश वलीले जानकारी दिनुभएको छ ।  यस्तै नृत्य, बकतृत्वकला, कर्चि दौड, भाले पकड र महिला नृत्य प्रतियोगिता पनि का खेल पनि आयोजना गरिएको  वलीले बताउनुभयो ।

खुल्ला भलिबल प्रतियोगितामा प्रथमलाई ३० हजार, द्धितियलाई २० हजार, तृतियलार्य १० हजार र सान्तवनालाई ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । कार्यक्रम चैत्र २९ गते रुन्टीगढी गाउँपालिका वडा नं. ५ को गणेश माध्यामिक विद्यालयको प्रांगणमा सञ्चालन हुनेछ ।

कार्यक्रमको अवसरमा सम्पूर्ण विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, खेलप्रमी, खेलाडी, सुरक्षाकर्मी, संचारकर्मी लगायत रुन्टीगढी गाउँपालिका बासीलाई कार्यक्रममा उपस्थित भई दिनको लागि क्लवले आग्रह गरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array