Ad image

थवाङ-४ मा एम्बुलेन्स सञ्चालनको लागि आर्थिक संकलन अभियान

मालश्री खवर
मालश्री खवर २ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर/ चैत्र २ गते रोल्पा ।

थबाङ गाउँपालिका वडा नम्बर ४ ले एम्बुलेन्स सञ्चालनको लागि आर्थिक संकलन अभियान सुरु भएको छ । थबाङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य केन्द्र घोराबाङको एम्बुलेन्स सेवा सञ्चालन समितिको संयोजक हिक्मत घर्तिमगरको अध्यक्षतामा आज शुक्रबार बसेको वैठकले उक्त निर्णय गरेको हो ।

वैठकबाट आधारभुत स्वास्थ्य केन्द्र घोराबाङको एम्बुलेन्स सञ्चालन गर्नको लागि साजन घर्तिमगरको संयोजकत्वमा ११ सदस्यको समिति समेत गठन गरेको छ । एम्बुलेन्स सञ्चालनको लागि साविकको वडाहरु बाट एक-एक लाख साथै स्वदेश तथा विदेशमा रहनुभएका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुसँग आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको वडा अध्यक्ष हिक्मत घर्तिमगरले जानकारी दिनुभयो । वडामा रहेका विभिन्न संघसस्था र व्यक्तिद्वारा हालसम्म ७ लाख बराबरको आर्थिक सहयोगको घोषणा भैसकेको उहाँले बताउनु भएको छ ।

- Advertisement -
Ad image

साथै एम्बुलेन्स सञ्चालनको लागि पाचँ हजार रुपैयाँ भन्दा माथिको आर्थिक सहयोग गर्ने सहयोगीदाताहरु लाई सम्मान पत्र र दश हजार रुपैयाँ भन्दा माथि सहयोग गर्ने सहयोगीदाताहरु लाई शिलालेखमा नाम लेखी स्वास्थ्य संस्थामा राखिने निर्णय गरिएको वडा अध्यक्ष घर्तिले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array