Ad image

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

मालश्री खवर
मालश्री खवर ३० फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर/ फाल्गुन ३० गते रोल्पा ।

रोल्पामा ट्याक्टर दुर्घटना भएको छ । परिवर्तन गाउँपालिका वडा नम्बर ५ राङ्कोटको कोरल रोडमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

 साघुरा खोला भन्ने स्थानबाट कोरल खाने पानीको लागि बालुवा बोकेर जाडै गरेको रा १ त ४३८८ नम्बरको ट्याक्टर दिउँसो करिब २ बजेको समयमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेको बताइएको छ ।

ट्याक्टरमा सवार ३ जना मध्ये दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते हुनेमा परिवर्तन गाउँपालिका ५ स्वाखोला निबासी ७१ बर्षिय मनराज खड्का  र सोहि ठाउँ निवासी  दिल कुमारी वली घाइते भएका छन् ।

- Advertisement -
Ad image

दुर्घटनामा परी घाइते भएकालाई जिल्ला अस्पताल रेउघा ल्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी राम नारायण गुप्ताले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

ट्याक्टर चालक पदम बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।ट्याक्टर चालक विकलाई भने केही नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array