Ad image

रोल्पा नगरपालिकामा भूमिहीन दलित र सुकुम्वासीको सङ्ख्या बढी

मालश्री खवर
मालश्री खवर ३० फाल्गुन २०८०, बुधबार
4 Min Read
Aa

मालश्री खबर/ फाल्गुन ३० गते लिवाङ रोल्पा ।

भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान लागत संकलन गरी राष्ट्रिय भूमी आयोग जिल्ला समिति रोल्पाले सार्वजनिक गरेको छ । आज (बुधबार) लिवाङमा पत्रकार सम्मेलन गर्दै आयोगले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क सार्वजनिक गरेको हो ।

रोल्पा जिल्लाका १० वटै स्थानीय तहका लागि विभिन्न मितिमा दुई पटक सूचना प्रकाशन गरी गाउँपालिकाहरुलाई तथ्याङ्क संकलन गर्न लगाइ जिल्ला भरको तथ्याङ्क संकलन गरिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति रोल्पाका अध्यक्ष ॠषिराम रोकामगरले बताउनु भयो । रोल्पाका ९ वटा स्थानीय तहले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क संकलन गरेर पठाएको तर गंगादेव गाउँपालिकाले भने दुई पटक सम्म पनि सूचना सार्वजनिक गर्दा आयोगमा कुनै तथ्याङ्क उपलब्ध नगाराएको उहाँले बताउनु भएको थियो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति रोल्पाको तथ्याङ्कलाई हेर्दा रोल्पा जिल्लामा भूमिहीन दलित, परिवारको संख्या ३५ भूमिहीन सुकुम्बासीको संख्या २१ अव्यवस्थित बसोबासीको संख्या ४ सय ३ गरी १ हजार ४ सय ८७ परिवारको संख्या प्रविष्ट गरिएको छ भने १ हजार २८ परिवारको संख्या प्रविष्ट गर्न बाँकी रहेको छ ।

- Advertisement -
Ad image

स्थानीय तहगत रुपमा हेर्दा प्रविष्ट गरिएको तथ्याङ्क रोल्पा नगरपालिकामा भूमिहीन दलितको संख्या १३ भूमिहीन सुकुम्बासीको संख्या ९ अव्यवस्थित बसोबासीको संख्या ६ रहेको छ ।  माडी गाउँपालिकाको तथ्याङ्क हेर्दा भूमिहीन दलितको संख्या २ भूमिहीन सुकुम्बासीको संख्या ७ अव्यवस्थित बसोबासीको संख्या २ सय ४४ रहेको तथ्याङ्क छ ।

लुङ्ग्री गाउँपालिकाको तथ्याङ्क हेर्दा भूमिहीन दलितको संख्या शुन्य रहेको छ । भूमिहीन सुकुम्बासीको संख्या १ अव्यवस्थित बसोबासीको संख्या १ रहेको तथ्याङ्क छ । त्यस्तै सुनिलस्मृति गाउँपालिकाको तथ्याङ्क हेर्दा भूमिहीन दलितको संख्या ६ रहेको छ । भूमिहीन सुकुम्बासीको संख्या १ र अव्यवस्थित बसोबासीको संख्या ३ रहेको छ ।  थवाङ गाउँपालिकाको तथ्याङ्क हेर्दा भूमिहीन दलितको संख्या १ भूमिहीन सुकुम्बासीको संख्या शुन्य र  अव्यवस्थित बसोबासीको संख्या पनि शुन्य रहेको छ ।

परिवर्तन गाउँपालिकाको तथ्याङ्क हेर्दा भूमिहिन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या शुन्य रहेको छ । त्रिवेणी गाउँपालिकाको तथ्याङ्क हेर्दा भूमिहिन दलित भूमिहीन सुकुम्बासीको संख्या शुन्य रहेको छ  र अव्यवस्थित बसोबासीको संख्या १ रहेको छ । सुनछहरी गाउँपालिकाको तथ्याङ्क हेर्दा भूमिहिन दलित र भूमिहीन सुकुम्बासीको संख्या शुन्य रहेको छ र अव्यवस्थित बसोबासीको संख्या ६ रहेको छ । रुन्टिगढी गाउँपालिकाको तथ्याङ्क हेर्दा भूमिहिन दलितको संख्या ११ भूमिहीन सुकुम्बासीको संख्या ३ र अव्यवस्थित बसोबासीको संख्या १ सय ४२ छ ।

रोल्पा नगरपालिका, माडी गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिकाको तथ्याङ्क सबै प्रविष्ट गरिएको छ । भने लुङ्ग्री गाउँपालिकाको १०, परिवर्तन गाउँपालिकाको २४, त्रिवेणी गाउँपालिकाको ७ सय ८८ र रुन्टिगढी गाउँपालिकाको २ सय ७ परिवारको तथ्याङ्क प्रविष्ट गर्न बाँकी रहेको राष्ट्रिय भूमि आयोग रोल्पाले जनाएको छ । रोल्पाको गंगादेव गाउँपालिकाले भने कुनै पनि तथ्याङ्क उपलब्ध नगराएको आयोगले जानकारी दिएको छ ।

तथ्याङ्कको प्रस्तुतिकरण मालपोत कार्यालय रोल्पाका कार्यालय प्रमुख तथा भूमी आयोग जिल्ला समिति रोल्पाका सदस्य सचिव सन्तोष न्यौपानेले गर्नुभएको थियो । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्धता गर्नको लागि प्रक्रिया अघि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array