Ad image

मसिनामा पढाई मेला सम्पन्न

मालश्री खवर
मालश्री खवर १९ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, फागुन १९ रोल्पा ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ४ मा पढाई मेला साथैँ सुर्याेदय माध्यामिक विद्यालयको ६४ औँ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिका वडा नं. ४ को आयोजनामा फागुन १६ गते देखि सुर्याेदय माध्यामिक विद्यालय मसिनाको प्रांगनमा उक्त कार्यक्रम सुरु भएको थियो ।

समापन कार्यक्रममा रुन्टीगढी गाउँपालिका वडा नं. ४ का वडा का.वा अध्यक्ष भुवनको पुनको अध्यक्षता रहेको थियो । विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले संचालन गरिएको कार्यक्रम शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो ।

पढाई मेला तथा विद्यालयको वार्षिकोत्समा विद्यालयको अतिरिक्त क्रियाकलाप अन्र्तगत भलिबल, वक्रृत्वकला, खुल्ला नाच, ब्याड्मिन्टन प्रतियोगिता संञ्चालन भएको थियो ।

- Advertisement -
Ad image

यस्तै वडाको पढाई मेला अन्र्तगत १०० मिटर दौड, स्किपिङ, स–सोर बाचन, श्रुति लेखान, हस्त लेखन, हिसाब दौड, कुर्ची दौड र हाजिरी जबाफ प्रतियोगिता सञ्चालन गरिएकोे वडा कार्यालयले जानकारी दिएको छ ।

कार्यक्रममा सुर्याेदय माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम जि.एम, सोही विद्यालयका प्रधानाध्यापक भानुभक्त सुवेदी, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, वडा भित्रका ४ वटा विद्यालयका वि.व्य.स अध्यक्ष, शिक्षक, विद्यार्थी लगायत अभिभावको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array