Ad image

सुनिलस्मृति गाउँपालिकाले सुरु गर्यो प्रत्येक हप्ताको शुक्रवार बजारक्षेत्र सरसफाई अभियान

मालश्री खवर
मालश्री खवर १८ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर/फाल्गुन १८ गते शुक्रबार सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिका रोल्पाले आज सुलिचौर बजार क्षेत्रको सरसफाइ गरेको छ । गाउँपालिकाले नगर प्रहरी परिचालन गरी विभिन्न व्यक्तित्वहरुको सहभागितामा बजार क्षेत्रको सरसफाई गरिएको गाउँपालिकाको सचिवालयले मालश्री खबरलाई जानकारी दिएको छ ।

यसअघि गाउँपालिकाले बजार क्षेत्रको सरसफाईको लागि प्रत्येक महिनाको १ गते अर्थात एक दिन मात्र सरसफाई गर्ने तयारी गरेको थियो तर महिनाको एकदिन मात्र सरसफाई गर्नु त्यति प्रभावकारी नदेखिएको अब प्रत्येक हप्ताको शुक्रबारको दिन बजार क्षेत्रको सरसफाईमा जुट्ने नगर प्रहरी निरीक्षक चेतमान विष्टले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

  

गाउँपालिकाले अब प्रत्येक शुक्रबारको दिनलाई सरसफाई अभियानको रुपमा अगाडी बढाएकोले यस अभियानमा सबै लाग्न उहाँले आग्रह गर्नुभयो ।

आजको सरसफाई कार्यक्रममा नगर प्रहरी बजारबासी स्थानीय वुद्धिजीवी व्यापारी लगाएतको सहभागीता रहेको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

Array