Ad image

गंगादेव गाउँपालिका ३ मा उद्यमशीलता तालिम सम्पन्न

मालश्री खवर
मालश्री खवर १६ फाल्गुन २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, फागुन १६ गते रोल्पा ।

गंगादेव गाउँपालिका वडा नं. ३ मा उद्यमशीलता तालिम एक कार्यक्रमका विच सम्पन्न भएको छ । गंगादेव गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत सञ्चालन भएको ८ दिने उद्यमशिलता तालिम मगंलबार वडा नं.३ को वडा कार्यालयमा एक औपचारीक कार्यक्रमका विच सम्पन्न भएको हो ।

वडा नं. ३ का वडा अध्यक्ष लोकमान वलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर वली रहनु भएको थियो । व्यवसाय सचेतना, व्यवसाय सुरु, लैगिंक समानता तथा समावेशिकरण उद्यमशिलता तालिमको आयोजना गरिएको हो । तालिममा वडाका ३० जना उद्यमी हरुले सहभागी जनाएका थिए ।

तालिममा उद्यमी, लघु उद्यमीको परिचय, उद्यमको महत्व, सफल उद्यमी, व्यवसायको छनोट लगाएतका बारेमा समेत युवाहरुलाई प्रष्ट पारिएको थियो । तालिममा सहभागि बाट चाउमिन र सावुन बनाउनेमा उद्यमी बन्ने चाहाना व्यक्त गरेका थिए ।

- Advertisement -
Ad image

समापन तालिममा बोल्दै वडा नं. ३ का वडा अध्यक्ष लोकमान वलीले सिपमुलक तालिम पश्चात आफुले सिकेको सिपको आधारमा व्यवसाय सञ्चालन गरि आय आर्जनमा वृद्धी गर्न तालिमका सहभागिहरुलाई अनुरोध गर्नुभयो । यसैगरी गंगादेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर वलीले गाउँपालिकाले तालिमलाई तालिममा मात्रै सिमित नराखी व्यवहारमा लागु गर्न सवैलाई आग्रह गर्नुभयो ।

आर्थिक समृद्धिका लागि सबैलाई काम र रोजगारीमा आबद्ध गराउन स्थानिय स्तरदेखिनै उत्पादन वृद्धि रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई गतिशील बनाउने सउदेश्यले उद्यमशीलताको महत्वपूर्ण भिमिका रहेको रहेको हुदा व्यवसायीमुलक सिप सिकि आत्मनिर्भर हुन सबैलाई प्रोत्साहीत समेत गर्नुभयो । व्यवसायीहरुलाई ८ दिने तालिमको सहजिकरण गंगादेव गाउँपालिकाकाकि उद्यम विकास सहजकर्ता सिता खड्काले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

Array