Ad image

सहास नेपालद्वारा सञ्चालित कार्यक्रमहरूको संयुक्त अनुगमन सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ मंसिर २०८०, मंगलवार
4 Min Read
Aa

भरत विश्वकर्मा, मंसिर ११ गते सुलिचौर रोल्पा ।

सहयोगी हातहरूको समूह (सहास) नेपाल र स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोगमा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ को बाग्मा सञ्चालित एक कार्यक्रमको संयुक्त रूपमा अनुगमन गरिएको छ । बाग्मा गठित टोल विकास संस्थाले गरेको समग्र क्रियाकलापको अनुगमन गरिएको थियो ।

अनुगमन कार्यक्रम सहास नेपाल रोल्पाका कर्मचारी, सुनिलस्मृति गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सुनिलस्मृति ४ का वडा अध्यक्ष सहित गाउँपालिकाको कर्मचारी लगाएत सरोकारवालाहरूको सहभागीतामा गरिएको छ ।

- Advertisement -
Ad image

अनुगमनको समयमा टोल विकास संस्थाका सदस्यहरूले सहासद्वारा सञ्चालित विभिन्न कार्यक्रमले गर्दा आफुहरूको आन्तरिक क्षमता विकास हुनुका साथै आत्मनिर्भरताको बाटो पहिल्याइदिएको बताएका थिए । त्यसका साथै उनीहरूले आफूले गरेको उत्पादनले सोचेजस्तो मुल्य नपाएको गुनासो समेत गरेका थिए । आफूले उत्पादन गरेको सामाग्रीको उचित मूल्यको व्यवस्थापन हुनुपर्ने उनीहरूको माग रहेको थियो । २५ जनाको समूह रहेको उक्त टोल विकास संस्थाले समाजमा विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम गर्नुका साथै उनीहरूको आन्तरिक क्षमताको समेत विकास भएको पाइएको छ ।

टोल विकास संस्थामा आबद्ध व्यक्तित्वहरूसँगको अन्तरक्रिया कार्यक्रममा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले अन्तरक्रिया कार्यक्रममा आएको गुनासो सम्बोधन गर्दै स्थानीय उत्पादनको बजारीकरणमा समस्या भएको बताउदै उहाँले गाउँपालिकाले स्थानीय रूपमा उत्पादित सामाग्रीको बजारीकरणको लागि वडा स्तरबाट दरभाउ माग गरी गाउँपालिका क्षेत्रभित्र समान मूल्य निर्धारण गर्न लागेको बताउनु बताउनुभयो । टोलको समग्र विकासको लागि समाजमा गठित टोल विकास संस्थालाई जिम्मेवारी प्रदान गर्ने सोच बनाएको बताउनुभयो ।

सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाले टोल विकास संस्थालाई आफूले गरेको कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । टोलको विकासको लागि सबै सँग समन्वय गरी अगाडी बढ्न आग्रह गर्दै आफूले सिकेको सिपलाई समाजको अरू व्यक्तिलाई पनि सिकाउनुपर्ने बताउनुभयो ।

टोल विकास संस्था स्थानीय सरकारको निकायको रूपमा स्थापित भएकोले टोलको समग्र विकासको निम्ति सरकारसँग समन्वय गरी अगाडी बढ्नुपर्ने सहास नेपाल रोल्पाका जिल्ला परियोजना संयोजक सरोज पन्थीले सुझाब दिनुभयो । आफ्नो टोलको समग्र विकासको लागि आफै लाग्नुपर्ने उहाँको भनाई रहेको थियो । साथै उहाँले टोल विकास संस्थाले समग्र टोलको प्रतिनिधित्व गरी काम गर्नुपर्ने बताउनु भएको थियो ।

त्यस्तै अनुगमनको समयमा सहयोगी हातहरूको समूह (सहास) नेपाल र स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोगमा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ कोइरालखर्कमा सञ्चालित सहयोगी किशोरकिशोरी सञ्जालका किशोरकिशोरीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न पनि भएको छ।

अन्तरक्रिया कार्यक्रममा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले किशोरकिशोरीहरूले गरेको कामको प्रशंसा गर्दै समाज परिवर्तनका लागि आफूहरूले गरेको कामलाई निरन्तरता दिन सुझाब दिनुभयो । समाजमा धेरै प्रकारका समस्याहरू रहेका छन् यस्तो खालको समस्याको समाधानको लागि सबै एकआपसमा समन्वय गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाई रहेको थियो ।

किशोरकिशोरीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाले समाजमा आत्महत्या, बालविवाह, जस्ता घटना कायमै रहेकोले यसको न्यूनीकरणको लागि समाजमा सचेतनामूलक कार्यक्रम गर्न आग्रह गर्नुभयो । वर्षभरीमा गर्न सकिने कामको कार्ययोजना बनाएर काम गर्न आग्रह गर्दै उहाँले काम गर्दा स्थानीय सरकारसँग पनि समन्वय गरेर काम गर्न सुझाब दिनुभयो ।

कुनै पनि काममा सधै अरूको भर पर्नुभन्दा पनि आफ्नो अधिकार आफै खोज्ने प्रयास गर्नुपर्ने सहास नेपाल रोल्पाका परियोजना संयोजक सरोज पन्थीले सुझाब दिनुभयो । किशोरकिशोरीको विकासमा अहिलेसम्म सहासले सहयोग गर्दै आएका तर अब केही समयमा सुनिलस्मृति क्षेत्रमा उक्त कार्यक्रम सकिन लागेको बताउदै उहाँले अहिलेको कामलाई थप परिमार्जन गरी अगाडी बढ्न सुझाब दिनुभयो ।

सुनिलस्मृति गाउँपालिकाले विं.स. २०८१ सालसम्म बालमैत्री गाउँपालिका बनाउने लक्ष्य लिएकोले बालमैत्री गाउँपालिका बनाउनमा किशोरकिशोरीको भूमिका हुनुपर्ने सहायक महिला विकास निरीक्षक भगवती बुढाले बताउनुभयो ।

सहयोगी हातहरूको समूह (सहास) नेपाल सञ्चालित कार्यक्रम भएकोले सहास नेपालको कार्यक्रम अन्त्य भए पनि स्थानीय सरकारले समन्वय गरी आफुहरूको काममा सहयोग गर्न किशोरकिशोरीहरुले आग्रह गरेका थिए ।

अनुगमनमा सुनिलस्मृति गाउँपालिका ४ का वडा अध्यक्ष ओविलाल बस्नेत, सुनिलस्मृति गाउँपालिकाका कृषि प्राविधिक सहायक डिल्ली केसी, सहायक महिला विकास निरीक्षक भगवती बुढा, शिक्षा शाखाका देवराज घर्तिमगर, कम्प्युटर अपरेटर आशिष भारद्वाज, सहास नेपाल रोल्पाका अनुगमन अधिकृत खेमराज अवस्थि, जीविकोपार्जन अधिकृत प्रेम श्रेष्ठ, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा, नगरप्रहरी, टोल विकास संस्थाका पदाधिकारी लगाएतको सहभागीता रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array