Ad image

सुनिलस्मृति–४ बाग्मामा गठित टोल विकास संस्थाको अनुगमन

मालश्री खबर
मालश्री खबर १२ मंसिर २०८०, मंगलवार
3 Min Read
Aa

भरत विश्वकर्मा, मंसिर ११ गते सुलिचौर रोल्पा ।

सहयोगी हातहरूको समूह (सहास) नेपाल र स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोगमा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ को बाग्मा सञ्चालित एक कार्यक्रमको अनुगमन गरिएको छ । बाग्मा गठित टोल विकास संस्थाले गरेको समग्र क्रियाकलापको अनुगमन गरिएको थियो ।

अनुगमनको समयमा टोल विकास संस्थाका सदस्यहरूले सहासद्वारा सञ्चालित विभिन्न कार्यक्रमले गर्दा आफुहरूको आन्तरिक क्षमता विकास हुनुका साथै आत्मनिर्भरताको बाटो पहिल्याइदिएको बताएका थिए । त्यसका साथै उनीहरूले आफूले गरेको उत्पादनले सोचेजस्तो मूल्य नपाएको गुनासो समेत गरेका थिए । आफूले उत्पादन गरेको सामाग्रीको उचित मूल्यको व्यवस्थापन हुनुपर्ने उनीहरूको माग रहेको थियो । २५ जनाको समूह रहेको उक्त टोल विकास संस्थाले समाजमा विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम गर्नुका साथै उनीहरूको आन्तरिक क्षमताको समेत विकास भएको पाइएको छ ।

- Advertisement -
Ad image

टोल विकास संस्थामा आबद्ध व्यक्तित्वहरूसँगको अन्तरक्रिया कार्यक्रममा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले अन्तरक्रिया कार्यक्रममा आएको गुनासो सम्बोधन गर्दै स्थानीय उत्पादनको बजारीकरणमा समस्या भएको बताउदै उहाँले, गाउँपालिकाले स्थानीय रूपमा उत्पादित सामाग्रीको बजारीकरणको लागि वडा स्तरबाट दरभाउ माग गरी गाउँपालिका क्षेत्रभित्र समान मूल्य निर्धारण गर्न लागेको बताउनु बताउनुभयो । टोलको समग्र विकासको लागि समाजमा गठित टोल विकास संस्थालाई जिम्मेवारी प्रदान गर्ने सोच बनाएको बताउनुभयो ।

सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाले टोल विकास संस्थालाई आफूले गरेको कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । टोलको विकासको लागि सबै सँग समन्वय गरी अगाडी बढ्न आग्रह गर्दै आफूले सिकेको सिपलाई समाजको अरू व्यक्तिलाई पनि सिकाउनुपर्ने बताउनुभयो ।

टोल विकास संस्था स्थानीय सरकारको निकायको रूपमा स्थापित भएकोले टोलको समग्र विकासको निम्ति सरकारसँग समन्वय गरी अगाडी बढ्नुपर्ने सहास नेपाल रोल्पाका जिल्ला परियोजना संयोजक सरोज पन्थीले सुझाब दिनुभयो । आफ्नो टोलको समग्र विकासको लागि आफै लाग्नुपर्ने उहाँको भनाई रहेको थियो । साथै उहाँले टोल विकास संस्थाले समग्र टोलको प्रतिनिधित्व गरी काम गर्नुपर्ने बताउनु भएको थियो ।

अनुगमनमा सुनिलस्मृति गाउँपालिका ४ का वडा अध्यक्ष ओविलाल बस्नेत, सुनिलस्मृति गाउँपालिकाका कृषि प्राविधिक सहायक डिल्ली केसी, सहायक महिला विकास निरीक्षक भगवती बुढा, शिक्षा शाखाका देवराज घर्तिमगर, कम्प्युटर अपरेटर आशिष भारद्वाज, सहास नेपाल रोल्पाका अनुगमन अधिकृत खेमराज अवस्थि, जीविकोपार्जन अधिकृत प्रेम श्रेष्ठ, रेडियो मालश्रीका पत्रकार भरत विश्वकर्मा, नगरप्रहरी, टोल विकास संस्थाका पदाधिकारी लगाएतको सहभागीता रहेको थियो ।

  

प्रतिक्रिया दिनुहोस्

Array