Ad image

लिस्ने राज्यपोखरी युवा क्लब तेबाङको चौथो अधिवेशनबाट अध्यक्षमा जुमान रोका चयन

मालश्री खबर
मालश्री खबर १० मंसिर २०८०, आईतवार
2 Min Read
Aa

मालश्री खबर, मंसिर ९ गते रोल्पा ।

लिस्ने राज्यपोखरी युवा क्लब सुनिलस्मृति गाउँपालिका ७ तेबाङ रोल्पाको १४ औँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

चौठो अधिवेशनबाट क्लबको अध्यक्षमा जुमान रोकामगर चयन हुनुभएको छ । क्लबको उपाध्यक्षमा मुकेश पुनमगर, गायत्री रोकामगर, सचिवमा दिपक रोकामगर, सह–सचिवमा भरत विक, कोषाध्यक्षमा लिल बहादुर विक सहितको १५ सदस्यीय पदाधिकारी चयन गरिएको छ ।

अन्य सदस्यहरुमा पुर्णिमा घर्तिमगर, नुमा रोकामगर, मनिका रोकामगर, सुर्जा रोकामगर, खगेन्द्र विक, राज रोकामगर, सुकबिर रोका, उज्वल रोकामगर, खुमान विष्ट, खिमराज परियार रहेका छन् ।

- Advertisement -
Ad image

अधिवेशन कार्यक्रमको उद्घाटन क्लबका निवर्तमान अध्यक्ष टोप बहादुर रोकामगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति रोल्पाका सदस्य इन्द्र बहादुर रोकामगर रहनुभएको थियो ।

विशिष्ट अतिथिको रूपमा लिस्ने राज्यपोखरी युवा क्लबका संस्थापक अध्यक्ष मेख बहादुर रोकामगर, सुनिलस्मृति गाउँपालिका ७ तेबाङका वडा अध्यक्ष रेशम शर्मा, नेकपा माओवादी केन्द्र सुनिलस्मृति गाउँपालिका सदस्य देबेन्द्र घर्ति रहनुभएको थियो ।

कार्यक्रममा सहभागी अतिथिहरूले क्लबहरूको समाज परिवर्तन गर्नमा अग्रणी भूमिका रहनुपर्ने बताएका थिए । क्लबले आफ्नो आन्तरिक क्षमताको विकासको साथसाथै समाजमा रहेका विकृति एवं कुरीतिलाई न्यूनीकरण गर्न तर्फ लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस सुनिलस्मृति ७ तेबाङका वडा सचिव गोपाल विक, नेकपा एमाले का वडा अध्यक्ष रेग बहादुर घर्ति, क्लबका अन्य सदस्यहरू लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका निवर्तमान सचिव गोपाल रोकाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array