Ad image

सुनिलस्मृति–७ तेबाङमा जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण

मालश्री खबर
मालश्री खबर ९ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर ९ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिका ७ तेबाङमा जेष्ठ नागरिकहरूको लागि न्यानो कपडा (कम्मल) वितरण गरिएको छ । चिसो बढेसँगै वडा कार्यालयबाट विनियोजित बजेटबाट न्यानो कपडा (कम्मल) वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले जेष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्ग भएका व्यक्ति, सहिद परिवार र विपन्न नागरिकको पहिचान गरी न्यानो कपडा वितरण गरेको सुनिलस्मृति गाउँपालिका ७ तेबाङका वडा अध्यक्ष रेशम शर्माले बताउनुभयो ।  चिसोको समयमा विशेष गरी जेष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्ग, विपन्न लगाएतका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई चिसोले समस्या हुने भएकोले वडा कार्यालयले बजेट विनियोजन गरी केही सहयोग पुगोस भन्ने उदेश्यले न्यानो कपडा वितरण गरेको उहाँले बताउनुभयो ।

४५ जना नागरिककाे पिहचान गरि वितरण गरीएकाे वडा कार्यालयले जनाएकाे छ ।

- Advertisement -
Ad image

 

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख आतिथ्ययता, सुनिलस्मृति ७ तेबाङका वडा अध्यक्ष रेशम शर्माको अध्यक्षतामा वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य इन्द्र बहादुर रोका, अपाङ्ग सञ्जालका सुनिलस्मृति गाउँपालिका सदस्य देबेन्द्र घर्ति, जेष्ठ नागरिक मञ्चका अध्यक्ष मन बहादुर बुढाथोकी, सुनिलस्मृति गाउँपालिका कार्यपालिका सदस्य नेमलाल दमाई, वडा कार्यालयका कर्मचारी लगाएतको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array