Ad image

रोल्पा आईटीएफ तेक्वान्दो संघको चौथो अधिवेशन सम्पन्न

मालश्री खबर
मालश्री खबर २४ जेष्ठ २०८०, बुधबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर

मालश्री खबर, जेष्ठ २४ गते रोल्पा ।

चौथो रोल्पा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता तथा रोल्पा आईटीएफ तेक्वान्दो संघको चौथो अधिबेशन परिवर्तन गाउँपालिका–२ राङ्सीको पोखरामा सम्पन्न भएको छ ।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिका रोल्पाका अध्यक्ष सुक बहादुर बुढामगरको प्रमुख आतिथ्यता परिवर्तन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरि प्रसाद बुढामगर र शिक्षक महासंघ रोल्पाका अध्यक्ष भिम प्रकाश पुनको विशिष्ट आतिथ्यता लगायत जनप्रतिनिधि विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि समाजसेवी खेलाडीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

जसमा टिम प्रथम द मुन एकेडेमी परिवर्तन गाउँपालिका–२ राङ्सी, टिम दोस्रो माइस्थान तेक्वान्दो डोजाङ परिवर्तन गाउँपालिका–४ पाछाबाङ र टिम तेस्रो जायाचौर आईटीएफ तेक्वान्दो डोजाङ गंगादेव गाउँपालिका–७ राँक भएको छ।रोल्पा आईटीएफ तेक्वान्दो संघको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ।जसमा अध्यक्ष कृष्ण प्रसाद बाँठा मगर,उपाध्यक्ष अनिल परियार, सचीव हेमराज डाँगी, सह–सचीव दिपेन्द्र घर्तीमगर, कोषाध्यक्ष मनिशा बाँठा मगर गरी अन्य ४ जना सदस्य गरी ९ जनाको नयाँ कार्यसमिति निर्वाचनबाट चयन गरिएको रोल्पा आईटीएफ तेक्वान्दो संघ रोल्पाका वर्तमान अध्यक्ष विक्रम बाँठा मगरले जानकारी दिनु भएको छ ।

आईटीएफ तेक्वान्दो संघको विधान बमोजिम र जिल्ला संघ गठन व्यवस्थाको उपधारा ३ को २ बमोजिम“निर्वाचित भई बाँकी रहेको पदाधिकारी तथा सदस्यहरु आईटीएफ तेक्वान्दो खेलमा सहयोग पु¥याएका वा पु¥याउन सक्ने व्यक्तिहरु मध्यबाट उपाध्यक्ष १,अध्यक्षको प्रस्तावमा र बाँकी सदस्यहरु जिल्ला संघको कार्यसमितिले मनोनीत गर्नेछ“,बाँठा मगरले भने । आईटीएफ तेक्वान्दो संघ रोल्पाको प्रमुख प्रशिक्षकमा तिलक बुढा मगरलाई मनोनीत समेत गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array