Ad image

जाति, धर्म तत्थ्याकं सार्बजनिक प्रति मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण

मालश्री खबर
मालश्री खबर २३ जेष्ठ २०८०, मंगलवार
4 Min Read
Aa

मालश्री खबर, जेष्ठ २३ गते रोल्पा ।

मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल लुम्बिनी (मथालु) प्रदेशले नेपाल सरकारले जेठ १९ गते शुक्रबार सार्वजनिक गरेको २०७८ सालको जाति र धर्म सम्बन्धि तत्थ्याकं प्रति नेपाल सरकार प्रति गम्भिर ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकार र सरकारको मातहतमा रहेर काम गर्ने नेपाल राष्ट्रिय तथ्याङ्क कार्यालयले निष्पक्ष र दबाव रहित तथ्याङ्क सार्वजनिक नगरीएको भन्दै ध्यानाकर्षण गरेको मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल लुम्बिनी (मथालु) प्रदेश अध्यक्ष धनबहादु पुन मगरले बताउनु भएको छ ।

- Advertisement -
Ad image

“झण्डै तीन दशक यता उत्पिडीत मगरहरुको हकहित, राजनैतिक सामाजिक र आर्थिक मुक्ति स्वतन्त्रता र संमृद्धिको लागि निरन्तर संघर्ष गर्दै आईरहेको यो मोर्चाले सम्पुर्ण जातीहरु विच समान सहअस्तित्व, समान सहभागिता, समान पहुँच सहितको समतामुलक बहुजातिय वैज्ञानिक समाजवादको सिद्दान्त अँगाल्दै आएको छ । नेपाल जस्तो बहुजातिय मुलुकमा मानव जातिका हिमाबले मंगोल र आर्य गरी दुई जातिको मात्र बसोबास रहेको भएता पनि यसका विभिन्न उप जातिय समुहहरुले गर्दा नेपाल बहुजातिय राज्य बन्न गएको सामाजिक इतिहास सबैका सामु छर्लङ्ग नै छ ।

२०६८ को जनगणनासम्मको तथ्याङ्कलाई हेर्दा १२५ जाति र १२४ वटा भाषा रहेको पाइन्छ । आज ठिक १० वर्ष पछिको तथ्याङ्कलाई हेर्दा भाषा संख्या स्थिर रहेता पनि जातिको संख्या १७ वटाले बढेर १४२ बन्न गएको देखिन्छ । यसले स्पष्ट संकेट गरेको छ कि राज्य र राज्यको निकाय राष्ट्रिय तथ्याङ्कको कार्यालयका केहि व्यक्तिहरुको सहयोगमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट नेपाली समाजको जातिय एकता सामाजिक सदभाव र शान्तिलाई खलबलाउने र त्यसको लागि जातिय जनसंख्या र धार्मिक जनसंख्यालाई मुख्य हतियार बनाएको देखिन्छ ।

लाखौं वर्षदेखि मंगोल वंश अन्तरगतको मगर जातिमा रहेको असली जीन पुन मगरलाई फुटाएर पद र पैसाको प्रलोभनमा ९४२७ जना पुनहरुलाई पुन जाति देखाउने जसरी काम भयो यसको तत्काल खारेज गरी ती सबै (१८२७) जना पुनहरूलाई मगर जातिकै संख्यामा राखेर पुनः तथ्याङ्क सार्वजनिक गर्न सम्बन्धित राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।

लुम्बिनी (मथालु) प्रदेश अन्तरगत नवलपरासी, रुपन्देही, बाँके र दाङ जिल्लाबाट पनि ५४६ जना पुन मगरहरुको पुन जाति लेखाइएको पाईयो । हाम्रो मोर्चा उहाँहरू सबैलाई एकचोटी पुनः समिक्षा गरेर आफ्नो विवरण सच्चाई पुन मगर लेखन लेखाउन अनुरोध गर्दछौं । आज कसैको लहर, चाहना तथा क्षेणिक स्वार्थको कारण गरिने जात परिवर्तनले लाखौ पुस्तासम्म पछुताउने हुन्छ । जात, धर्म, वंश अर्थात मानव पहिचान कसैले बनाएर बन्ने चिज होइन यो त इतिहासले प्रमाणित गरेको तथ्याङ्कले सत्य साबित गरेपछि प्राप्त हुने मानव पहिचान हो ।

त्यसैले आज देश भरि छरिएर रहेका ४ लाख भन्दा बढी पुन मगरहरूको भविष्य नै समाप्त गरिदिने गरि १८२७ जना पुन मगरहरु जसरी जात परिवर्तन गर्दै हुनुहन्छ यो ती लाखों पुनमगरहरुको अन्धकार भविष्यको शुरुवात हो । त्यसैले कोही पनि पुन मगरहरुले भ्रममा नपरी मगर जातिलाई फुटाउन खोज्नेहरूको भ्रम र यन्त्रको विरुद्ध शसक्त संघर्ष गर्न हाम्रो मगर राष्ट्रिय मुक्ति मोर्चा पूरै आत्म तयारीका साथ सबैलाई हार्दिक अपिल गर्दछ ।

सरकारबाट यो गल्ती ७ दिन भित्र पुनः सच्याई सार्वजनिक नगरेमा हाम्रो मोर्चा सह संघर्षमा उत्रने चेतावनी दिन चाहन्छ । अन्याथा घटनाबाट उत्पन्न परिणामको जिम्मा सरकारले नै लिनु पर्ने छ ।”

मगर राष्ट्रिय मुक्तिमोर्चाका (मथालु) लुम्बिनी प्रदेश इन्चार्ज तथा केन्द्रिय समिति उपाध्यक्ष हरीभान पुन मगर, मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल लुम्बिनी (मथालु) प्रदेशका अध्यक्ष धन बहादुर पुन मगर र सचिव खलुप्रसाद पुन मगरद्धारा जेठ २३ गते हस्ताक्षरीत विज्ञिप्तीमा उत्त कुरा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array