Ad image

विश्व वाताबरण दिबसको अवसरमा चित्रकला प्रतियोगिता

मालश्री खबर
मालश्री खबर २३ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, जेष्ठ २३ गते रोल्पा ।

आइएनएफ नेपाल शाखाले चित्रकला प्रतियोगिता कार्यक्रम गरेर अन्तराष्ट्रिय विश्व वाताबरण दिबस मनाइएको छ । प्लास्टिक जन्य प्रदुषण नियन्त्रण नाराका साथ आइएनएफ नेपाल रोल्पा शाखा प्रोजेक्ट अन्र्तगत ५१ औ अन्तराष्ट्रिय विश्व वाताबरण दिबसको अवसरमा चित्रकला प्रतियोगिता कार्यक्रम गरेर मनाएको हो ।

चित्रकला प्रतियोगितामा ११ वटा सामुदायिक विद्यालयबाट ४३ जना विद्यार्थी सहभागी भएका थिए । जलबायु परिवर्तन सम्बन्धी बिषयबस्तुमा चित्रकला प्रतियोगिता भएको थियो ।

- Advertisement -
Ad image

जनता माध्यामिक विद्यालयका विद्यार्थी हरु, अभिभावक लगायतले प्लाष्टिक जन्य फोहोर नियन्त्रण गर्न बजार तथा गाउँ ¥याली द्धारा परिक्रमा गरेका थिए । फाहोर व्यबस्थापन सम्बन्धी जनचेतना फैलाइ एक औपचारिक कार्यक्रम उद्धघाटन गरिएको छ । माध्यामिक र प्राथमिक स्तरिय चित्रकला प्रतियोगितामा स्थान हासिल गर्नेलाइ पुरस्कार प्रदान समेत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षताको रुपमा जनता माध्यामिक विद्यालय सुनछहरी गाउँपालिका रोल्पाका प्रधानाअध्यापक बागविर घर्तिमगर रहनु भएको थियो । कार्यक्रमको सञ्चालन हरिहर सेतिमहर गर्नु भएको आइएनएफ नेपाल रोल्पा शाखाका सामुदायिक परिचालक भानसरा बुढामगरले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array