Ad image

प्रदेश सरकारले प्रदान गरेको रोल्पा न.पा. ७ को बाख्रा पालनको अनुगमन

मालश्री खबर
मालश्री खबर २३ जेष्ठ २०८०, मंगलवार
2 Min Read
Aa

मालश्री खबर ,जेष्ठ २३ गते रोल्पा ।
लुम्बिनी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७९।८० को प्रदान गरिएको बजेट र भेटेनरी अस्पताल एवं विज्ञ केन्द्र रोल्पाको कार्यन्वयनमा भइरहेको रोल्पा नगरपालिका समृद्धि कृषि, मतस्य एवं पशुपालन समूह वडा नं. ७ बजबाङ समूहमा भइरहेको बाखा पालन कार्यक्रम अन्तर्ग भइरहेको प्रगतिको बारेमा कार्यालयले अनुगमन गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले सो गाउँमा बाख्रा पालनको राम्रो सम्भवाना भएको र विगतदेखि बाख्रा पालनबाट आम्दानी गरी रहेको भन्दै समूहलाई बाख्रा पालनमा रु. १५ लाखको कार्यक्रम प्रदान गरिएको थियो । सोको कार्यन्वयन भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाबाट हुने गरी २०७९ साल माघ महिनाको कार्यदेशपछि फागुन २५ गते समूह र कार्यालय वीचमा सम्झौता गरिएको थियो । समूहका अध्यक्ष मनकुमारी विश्वकर्माका अनुसार हालसम्म १६ वटा नयाँ र १ गरी १७ वटा बाख्रा खोर निर्माण गरिएको जानकारी गराउनुभएको थियो । त्यसै गरी सो समूहका मस्तबहादुर विश्वकर्माले खोर निर्माण, बोका खरिद, मेसिनहरु खरिद लगायतको काम भइसकेको बताउनुभएको छ ।

अनुगमन टोलीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. सुकई प्रसाद चौधरी, पूर्व मुख्यमन्त्री कुलप्रसाद के.सी. का प्रेस संयोजक मानसिंह विश्वकर्मा, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्राविधिक मतिलाल कुवर, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र रोल्पाका सव इन्जियि नवराज घर्तीमगर, नायव पशु सेवा प्राविधिक सृजना घर्तीमगरल लगायतको टोली रहेको थियो ।

- Advertisement -
Ad image

उहाँले बाख्रा पालनको राम्रो सम्भवाना भएकोले गर्दा त्यस क्षेत्रमा बाख्रा पालनलाई आफ्नो रोजाईको पेशा बनाउनको लागि अनुरोध समेत गर्नुभएको थियो । टोलीले समूहका सदस्यहरुले बनाएको बाख्रा खोर निर्माणको प्रक्रियामा अपनाइएको विधिका बारेमा सुझाव समेत पेश गरेको थियो । सरकारको थोरै लगानीमा समूहका सदस्यहरुले रामो काम सम्पन्न गरेकोमा अनुगमन टोलीका प्रमुख भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. सुकइ प्रसाद चौधरीले भुक्तानीका लागि छिटो पहल चाल्नका लागि निर्देशन समेत दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array