Ad image

रोल्पाको रन्टीगढीमा भान्सा सुधार कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर २३ जेष्ठ २०८०, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, जेठ २३ गते रोल्पा ।
रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा भान्सा सुधार कार्यक्रम संचालन भएको छ । मेरो स्वास्थ मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ कार्यक्रम सञ्चालन भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रोल्पाको आयोजनामा कार्यक्रम भएको थियो ।

रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रोल्पाका प्रमुख जनक खनालको अध्यक्षतामा भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत रेमन्त बहादुर डाँगीको प्रमुख आतिथ्यता रहेको बताइएको छ ।

धेरै जसो रोगहरु अस्वस्थकर खानेकुराहरुका कारण लाग्ने भएकाले भान्सामा सुधार ल्याएर स्वस्थकर खाना कसरी बनाउन सकिन्छ भन्ने कुराको बारेमा जानकारी दिनको लागी यस्तो खालको कार्यक्रम गरेको जानकारी दिइएको छ । स्वास्थ जिवन शैली प्रवर्द्धन गर्ने उदेश्यका साथ गृहणीहरुको लागि भान्सा सुधार कार्यक्रम संचालन गरिएको बताइएको छ । यस्तो खालको कार्यक्रमले भान्सामा सुधार आई स्वास्थ जिवनशैलीमा परिवर्तन आउने अपेक्षा गरिएको रोल्पा आयुर्वेद स्वाथ्य केन्द्र रोल्पाका प्रमुख जनक खनालले बताउनुभएको छ ।

- Advertisement -
Ad image

कार्यक्रम को सहजिकरण रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका सुचना अधिकारी भुपेन्द्र डि सीले गर्नु भएका थियो । भने आयुर्वेद स्वास्थ्यका डा. विसाल केसीले कार्यक्रमको प्रशिक्षण गर्नभएको भएको छ ।

समाजसेवी देबेन्द्र बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिका प्रसाशन अधिकृत सान बाबु खड्का, वडा न ९ का अध्यक्ष चेतलाल खत्री लगाएत महिला स्वास्थ्य स्वयंमसेवीका, आमा समुह लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array