Ad image

जाँड–रक्सि नियन्त्रणमा कसिलो बन्दै रोल्पा नगरपालिका – ७

मालश्री खबर
मालश्री खबर २२ जेष्ठ २०८०, सोमबार
3 Min Read
Aa

 

जाँड–रक्सि नियन्त्रणमा रोल्पा नगरपालिका वडा नं. ७ कसिलो बन्दै जान थालेको छ । वडालाई पालिकाकै नमूना वडा बनाउने लक्ष लियर विशेष गरि जाँड–रक्सि नियन्त्रणमा कडाई गर्न थालेको हो ।

रोल्पा नगरपालिका वडा नं. ७ लाई नमूना वडा बनाउनका लागि विभिन्न सुचकहरु सार्वजनिक गरेको छ । आज एक सर्वपक्षिय छलफल तथा बैठकको आयोजना गरि विभिन्न कार्ययोजनाका सुचकहरु सार्वजनिक गरेको हो ।

सर्वपक्षिय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष लालबहादुर घर्तीले विभिन्न विकाशको आधारभूत चरण पार गरेर मात्र नहुने भन्दै विकाशलाई दीर्घकालिन रुपमा प्रयोग गर्नका लागि पनि चेतनाको अभाब भएको बताउनु भएको छ ।

- Advertisement -
Ad image

अहिले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत लगायतको आधारभूत विकाश भए पनि नागरिकहरुले सरकारले गरेको विकाशलाई अपनत्व लिन नसक्दा वालुवामा पानी खनाए जस्तो भएको प्रतिकृया दिनु भएको छ ।

वडाले आउदा दिनहरुमा भौतिक विकाशलाई भन्दा पनि सामाजिक विकाशलाई ध्यान दिने उहाको भनाई छ । सामाजिक विकाशको मुख्य समस्या जाँड–रक्नि, जुवा–ताँस मुख्य समस्याका रुपमा रहेकाले वडाले माधक पदार्थ उत्पादन, विक्री वितरण तथा प्रयोगलाई कडाइका साथ नियन्त्रण गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

रोल्पा नगरपालिका वडा नं. ७ मा रहेको रंगशालामा सर्वपक्षिय छलफलको आयोजना गरिएको वडाकार्यालयले कार्ययोजनाका सुचकहरु बालविबाह न्यूनिकरण, धुम्रपान, मध्यपान न्यूनिकरण र लागु पदार्थ नियन्त्रण, घरेलु हिंसा न्यूनिकरण, बालश्रमको अन्त्य अनाथ बालवालिकाहरुको ब्यवस्थापन, जुवातास निषेध गर्ने, जङ्गफूड प्रयोगमा प्रतिवन्ध लगायतका सुचकहरु राखिएको छ ।

रोल्पा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष लालबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको सर्वपक्षिय छलफल कार्यक्रमको प्रमुख अतिथिमा रोल्पा नगरपालिकाका निवर्तमान उप–प्रमुख मनकुमारी घर्ती रहनु भएको थियो ।

कार्यक्रमको अवसरमा वडा भित्रका सम्पुर्ण विद्यालयहरुको तर्फबाट जनकिरण प्राविका प्रधानाध्यापक हस्तलाल पुन, युवा क्लवहरुको तर्फबाट रम्जावेशि युवा क्लवका अध्यक्ष कृष्णराज घर्ती, नेकपा माओवादी केन्द्र रोल्पा नगरपालिका ७ का इन्चार्ज आइतराम विक, रोल्पा अस्पतालका सुचना अधिकारी कुलबहादुर डाँगी र रोल्पा नगरपालिकाका निवर्तमान उप–प्रमुख मनकुमारी घर्ती लगायतले सुझाव सहितको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न आमा सुमह, युवा क्लव, स्वास्थ्य आमा समुह, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन तथा प्रतिवेदन प्रस्तुत वडा सचिव कमला डाँगीले गर्नु भएको थियो । सोही अवसरमा टोल कमिटी समेत गठन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array