Ad image

मनोसामाजिक परामर्श सेवाको दिगोपना सम्बन्धी अन्तरक्रिया कार्यक्रम लिवाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ९ जेष्ठ २०८०, मंगलवार
3 Min Read
Aa

मालश्री खबर जेठ ९ गते, रोल्पा ।

 

मनोसामाजिक परामर्श सेवाको दिगोपना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोल्पानगरपालिकाको सभाहलमा मंगलबार उक्त कार्यक्रम सञ्चालन भएको हो । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सञ्चालन गर्दै आईरहेको मनोसामाजिक परामर्श कार्यक्रम अन्तरगत सो कार्यक्रम भएको हो ।

 

- Advertisement -
Ad image

मानसिक स्वास्थ्य भनको के हो, नेपालमा मानसिक स्वास्थ्यको अवस्था, मानसिक रोगको कारणले आत्माहत्याको सोच र आत्महत्याको प्रयास कति भएका छन्, डिप्रेशनमा कति परेका छन्, वैदेशिक रोजगारीमा कति नेपालीले आत्महत्या गरेका छन, मानासिक स्वास्थ्यका समस्याहरु मानसिक स्वास्थ्य, मनोसामाजिक समस्याका बहुपयीय असरहरु र चूनौतीमहरु, मानसिक स्वास्थ्य सम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था, स्थानिय तहका नीति, ऐन, नियममा मानसिक स्वास्थ्य सम्बन्धी व्यवस्था लगाएतको बारेमा सामी कार्यक्रमका मनोविद दिपक शर्माले पस्तुती गर्नुभएको थियो । साथै उहाले सुरक्षित आप्रवासन (सामी) को लक्ष्य तथा अपेक्षित उपलब्धी र सामी कार्यक्रमले गर्दै आएको सूचनामा पहुँच, न्यायमा पहुँच, वित्तीय साक्षरता, सीपयुक्त जनशक्तिको विकास र मनोसामाजिक परामर्श लगाएतको कार्यहरुको बारेमा जानकारी दिनुभएको थियो ।

शर्माले मनोसामाजिक परामर्श कार्यक्रम अवधीभरको उपलब्धी पनि प्रस्तुत गर्नुभएको थियो । प्रतुतीको क्रममा रोल्पा जिल्लामा अत्महत्या गर्नेको संख्या आर्थिक वर्ष २०७९÷०८० मा ६० जना रहेको बताउनु भएको थियो । आत्महत्या गर्ने मा १६ देखि २५ उमेर समुहकाले धेरै गरेको पाईएको छ । स्थानिय तहमा मनोसामाजिक परामर्श सेवाको दिगोपानका लागि गर्न सकिने कार्यहरु र मनोसामाजिक तथा मानसिक स्वास्थ्य नीति निर्माणको सम्भावनाको बारेमा पनि शर्माले जानकारी दिनुभएको थियो ।

रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिले रोल्पा नगरपालिकाकाले आफै सेफहाउस सञ्चालन गरेको र पडितलाई उपचार लगाएत सम्पुर्ण व्यवस्था गरेको बताउदै मनो सामाजिक परामर्शको नीतिलाई स्वास्थ्य नीति भित्र समेटर आगामी दिनमा अगाडी बढ्ने बताउनु भएको छ । साथै रोल्पा जिल्लाका अन्य स्थानिय तहसँग समन्वय गरेर जिल्लामा सेफहाउसको व्यवस्था गर्ने समेत बताउनु भएको छ ।

रोल्पा जिल्लामा मनोसामाजिक परामर्श गरेर धेरैको जिवनमा परिवर्तन गराएको अनुवभ कार्यक्रममा उपस्थित मनोसामाजिक परामर्शकर्ताले सुनाएका थिए । साथै आफुमा कुनै नराम्रो सोच आएमा अथवा बाच्न मन नलाग्ने जस्ता कुरा मनमा खेल्न थालेमा सधै खुला भईरहने हेल्प लाई ११६६ मा सम्पर्क गरेमा त्यहबाट पनि मनोसामाजिक परामर्श लिन सकिने बताएका छन् । सामी परियोजनाका जिल्ला कार्यक्रम संयोजक सरद पोख्रेलले सञ्चालन गर्नु भएको कार्यक्रममा रोल्पा नगरपालिकाका उपप्रमुख गिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, नगरपालिकाका १० वटै वडा अध्यक्ष तथा प्रतिनिधि, सेफहाउसका संयोजक, पत्रकार लगाएतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array