Ad image

नेपाल पत्रकार महासंघ रोल्पाद्धारा होलिमिलन तथा बनभोज कार्यक्रमको आयोजना

मालश्री खबर
मालश्री खबर २२ फाल्गुन २०७९, सोमबार
2 Min Read
Aa

सन्दिप डाँगी /मालश्री खबर, फानगुन २२ गते, रोल्पा ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको आयोजनामा होलिमिलन तथा बनभोज कार्यक्रमको आयोजना गरिएको छ । होली पर्बको अवसर पारेर रोल्पा नगरपालिका वडा न. ७ माडीचौर रङगशालामा यस्तो कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दले जानकारी दिनु भएको छ । होलिमिलन कार्यक्रममा रोल्पा जिल्लामा क्रियाशिल पत्रकार, बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनीधी, स्वास्थ्य कर्मि, उद्योगि व्यावसायी, लगाएतको सहभागिता रहको आयोजकले जानकारी दिएको छ ।


होलिमिलन तथा बनभोज कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार, बिभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख प्रतिनीधी, स्वास्थ्य कर्मि, व्यवसायी लगाएत एक आपसमा रङ लगाएर शुभकामना आदान प्रदान गरेका थिए । सोहि कार्यक्रमकै अवसर पारेर पत्रकार र कर्मचारी, व्यावसायीको बिचमा मैत्री पुर्ण फुटवल प्रतियोगिताको पनि आयोजना गरिएको थियो । मैत्री पुर्ण फुटवल प्रतियोगितामा दुई का बिरुद्ध चार गोल लिएर कर्मचारी, व्यावसायीको टोलीले बिजय हासिल गरेको नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगरले जानकारी दिनु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष एंव सल्लाहकार काशिराम डाँगी, पुर्ब अध्यक्ष खेमबहादुर बुढामगर, निबर्तमा अध्यक्ष तथा सल्लाहकार मानसिंह बिश्वकर्मा, नेपाली कांग्रेस रोल्पाका सचिव शेर बहादुर थापा, ससत्र प्रहरी वल रोल्पाका ससत्र प्रहरी निरिक्षक पदमराज भट्ट, भू— तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाका कार्यालय प्रमुख रोबट महरा, मालपोत कार्यालय रोल्पाका कार्यालय प्रमुख दिल्लीराज न्यौपाने, स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगी, कोलेनिका रोल्पाका लेखापाल हिमाल घर्तिमगर, नेपाल रेड्क्रस सोशाइटी रोल्पा शाखाका सभापती डीबी घर्तिमगर, नेपाल बार एसोसिएसन रोल्पाका सचिव दोमोदर सुबेदी, ग्लोबल आई.एम.ई.बैंक रोल्पा शाखाका प्रमुख दिनेश घर्ति, जलजला बहुमुखि क्याम्पस रोल्पाका प्रध्यापक गोकर्ण पुन, झक्कु सुबेदी, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका सदस्य सागर डाँगी, भुपु सैनिक वकशर्प लिबाङ रोल्पाका संचालक बिरसिंह घर्तिमगर, नेपाल पत्रकार महासंघ रोल्पाका प्रदेश पार्षद स्मृती रोकामगर, उपाध्यक्ष खुबिना सुनारीमगर, निबर्तमान उपाध्यक्ष देबिकुमारी गुरुङ, कोषाध्यक्ष उमा केसि, कान्तिपुर टेलिभिजनका पत्रकार मिनराज रोका लगाएत अन्य पत्रकारहरुको सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array