Ad image

पुल्बाङधुरीलाई युद्ध पर्यटनको हव बनाउने अध्यक्ष घर्तीको भनाई

मालश्री खबर
मालश्री खबर १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, माघ १५ रोल्पा। माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगरले माडी गाउँपालिका(५ मा रहेको पुल्बाङधुरीलाई युद्ध पर्यटनको ह्व बनाउने बताउनु भएको छ । माडी गाउँपालिका-५ भाबाङको बाङ्मा टोललाई आइतबार पूर्ण सरसफाई उन्मुख घोषणा गर्दै घर्ती मगरले सो कुरा बताउनु भएको हो।माडी गाउँपालिका-५ को मात्र नभई समग्र गाउँपालिकाकै युद्ध पर्यटनको हवकाे रूपमा पुल्बाङधुरीलाई निर्माण गर्न सकिन्ने पूर्ण सरसफाई उन्मुख टोल घोषणा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै घर्ती मगरले आफूले गाउँ कार्यपालिकाको हरेक बैठकहरुमा पुल्बाङधुरीको विषयमा बोल्ने गरेको समेत बताउनुभयो।अब क्रमिक रूपमा माडी गाउँपालिका-५ भाबाङको सबै टोल पूर्ण सरसफाई उन्मुख टोल घोषणा हुँदै, माडी गाउँपालिका-५ भाबाङ वडा हुँदै पालिकाका सबै वडा घोषणा गरि माडी गाउँपालिकालाई पनि पूर्ण सरसफाई गाउँपालिका घोषणा गर्ने समेत बताउनुभयो ।

उहाँले नेपाल सरकारले लिएको कार्यक्रमलाई सफल बनाउनु सबैको दायित्व भएको समेत बताउनुभयो।त्यस्तै गाउँपालिका भित्रका अन्य वडा,टोलहरुले पनि माडी गाउँपालिका-५ भाबाङबाट सकारात्मक कुरा सिकेर अगाडि बढ्नुपर्ने समेत बताउनुभयो।पूर्ण सरसफाई अभियान माडी गाउँपालिकाका पूर्व जनप्रतिनिधिहरुको कार्यकालमा अगाडि बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array