Ad image

आफुहरुले बैठकमा पारित गरेका निर्णयहरु कार्यन्वयन गरेरै छाड्ने एक कार्यक्रमका सहभागिहरुको जोड

मालश्री खबर
मालश्री खबर २३ पुष २०७९, शनिबार
4 Min Read
Aa

 

आफुहरुले बैठकमा पारित गरेका निर्णयहरु कार्यन्वयन गरेरै छाड्ने एक कार्यक्रमका सहभागि वत्ताहरुले जोड दिएका छन । मालश्री संबाद कार्यक्रममा बोल्ने वत्ताहरुले उक्त कुरामा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले लामो समयको प्रयास पछि यातायाता प्रालिका अध्यक्ष तथा पदाधिकारीहरु संग छलफल भएको मा आफु निकै खुसि भएको बताउनु भएको छ । उहाले रोल्पाको पुर्बि क्षेत्रमा अब्यवस्थितरुपमा यातायातका साधनहरु चलाएकाले सडक दुर्घटना भएकोप्रति दुःख ब्यक्त गर्दै यात्रुहरुले पाएको सास्तिप्रति दुःख ब्यक्त गर्नु भएको छ । सबैले आफ्नो क्षेत्रबाट लागि परेमा सडक दुर्घनामा ल्याउन सक्नुका साथै यात्रुहरुलाई पनि यात्रा गर्दा सहज हुने उहाको भनाई छ । बैठकमा पारित भएका निर्णयहरु कार्यन्वयन गरेरै छाड्ने कार्यक्रममा प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै लुग्रिँ गाउँपालिकाका अध्यक्ष भरत थापाले यातायात क्षेत्रलाई आफ्नो धेरै गुनासो रहेको बताउदै यात्रुहरुले यात्रा गर्दा धेरै दुख भोक्नु परेको, बर्षामा मुख्य सडकहरु बिग्रिएको अबस्थामा पनि सदाबाहार सडक संचालन गर्नका लागि सम्वन्धित निकायमा पहल गर्ने साथै बिग्रिएका पालिका सडकहरुलाई अहिले तिब्रताका साथ निर्माण गरिरहेको बताउनु भयो । आफुले बैठकमा भएका निर्णयहरु कार्वन्वयमा लैजाने प्रतिवद्धता ब्यक्त गर्दै लुग्रिँ गाउँपालिकामा पनि अधिकांस रातो नम्बर प्लेटका गाडिले यात्रुहरु बोक्ने गरेको पाइएकाले त्यस्तो कार्य अन्त्य गर्नका लागि स्थानिय सरकार, वडा कार्यालय, सम्बन्धित निकाय सबै मिलेर लाग्नु पर्ने सुझाव दिनु भएको छ ।

- Advertisement -
Ad image

सोहि कार्यक्रममा बोल्दै सुनछहरी गाउँपालिकाका उपाध्यक्ष नन्नकला घर्तीले अहिले सडकको मर्मत तथा निमार्णका कार्यहरु भैरहेको भए पनि सकड दुर्घटना न्युनिकरण सम्बन्धी धेरै छलफल नभएको भन्दै सडक दुर्घटना न्यूनिकरणका लागि ब्यापक छलफल गर्नु पर्ने बताउनु भयो । गाडि चल्ने रुटमा एउटा दुइवटा सवारी सन्चालनमा आउनाले पनि यात्रुहरु कोचिएर आफ्नो गन्तब्यमा पुग्ने गरेको उहाले बताउनु भएको छ ।

रोल्पाको सुलिचौरबाट ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुहरुको भिडभाड बढि हुने भएकाले नियन्त्रण प्रयासका बारेमा यातायातका पधाधिकारीहरु सगँ छलफल जारि रहेको र सवारी साधन थप गरेर भएपनि सवारी साधन संचालन गर्ने इलाका प्रहरी कार्यलय सुलिचौरका प्रमुख ओम प्रकाश वाग्लेले बताउनु भएको छ । उहाले उक्त भेगमा सवारी दुर्घटना धेरै हुने भएकाले दुर्घटनालाई न्यनिकरण गर्न आफुहरुले सबै पक्ष सगँ अन्तरक्रिया, छलफल गरिरहेको बताउनु भयो । बिहानको समय भन्दा बेलुकिको सयममा यात्रुको भिड धेरै हुने गरेको भन्द्र वाग्लेले चाड पर्ब, मेला हुने समयमा कारबाहिमा परि एक महिनामा उठ्ने राजस्व एक दिनमै उठेको अनुभव सुनाउनु भएको छ ।

कार्यक्रममा बोल्दै रोल्पा जलजला यातायात प्रालिका बरिष्ठ उपाध्यक्ष शंकर बिष्टले यात्रुहरुको बाध्यतालाई मध्यनजर गरि आफुहरुले सवारी साधन संचालनमा लिएको भन्दै एउटा गाडिले सामान बोक्ने उहि गाडिले मान्छे पनि ओसार प्रसार गर्ने हुदा मान्छे चड्ने नम्बरका गाडिहरु खालि हुने भएकाले यसमा ब्यवस्थापनमा ध्यान दिन आग्रह गर्नु भएको छ ।सोहि कार्यक्रममा बोल्दै नमस्ते आशिर्बाद यातायत प्रालिका अध्यक्ष एकदेब शार्माले बाध्यता भएर आफुहरुले बढी यात्रु ओसार प्रसार गर्ने गरेको उल्लेख गर्नुभएको छ । उहाले मिडियाले पनि सत्यतथ्य कुरा बाहिर ल्याउनु पर्ने बताउदै कसैलाई पनि मर्कामा नपर्ने गरि यातायत सेवा संचालमा ल्याउने प्रयासमा रहेको बताउनु भएको छ । उहाले एक महिना भित्र यो समस्या सामाधान गरिने आस्वासन समेत दिनु भएको छ । आवस्यकता अनुसार दक्ष चालक नभएकाले पनि दुर्घटना हुने गरेको बताउदै चालक पनि दक्ष हुनु पनर्मो जोड दिनु भयो । प्राय यातायात प्रालिहरु धेरै भएपनि कसैसगँ तछाड मछाड नगरी सबै मिलेर अगाडि बढ्नु पर्ने उहाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

Array