Ad image

रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनद्धारा विद्यालयको अनुगमन

मालश्री खबर
मालश्री खबर २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २८ रोल्पा ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले गाँउपालिका भित्र रहेको एक बिद्यालयकोे अनुगमन गर्नु भएको छ । शिक्षा क्षेत्रमा देखिने गरि परिबर्तन ल्याउन रोल्पाको रुन्टीगढी गाउँपालिकाले विद्यालय अनुगमलाई अघि बढाएको गाउँपालिकाले जानकारी दिएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका शिक्षा शाखाद्वारा आइतबार रुन्टीगढी गाउँपालिका वडा न ६ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको अनुगमन गरेको बताइएको छ ।

विद्यालय शिक्षाको स्तर सुधार गर्ने लक्ष्य अनुसार अनगमनको पाटो अगाडी बढाईएको छ । विद्यार्थीको शैक्षिक गुणस्तर, पठनपाठनको अवस्था तथा भौतिक , तथा सरसफाईको अवस्थाको बारेमा अनुगमन गरिएको हो । अनुगमनमा गाउँपालिका अध्यक्ष जनक पुन, सामाजिक विकास समिति संयोजक तथा रुन्टीगढी गाउँपालिका वडा न ७ का अध्यक्ष टेकलाल पुन, वडा न ६ का अध्यक्ष घन बहादुर घर्ती, गाउँपालिका शिक्षा शाखा प्रमुख अन्जु शर्मा सहितको टोलीद्वारा गरिएको गाँउपालिका प्रेस यंयोजक कमल खड्काले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array