Ad image

रोल्पाको सुनिलस्मृति गाउँपालिकाद्वारा जग्गाको बर्गीकरण

मालश्री खबर
मालश्री खबर ५ कार्तिक २०७९, शनिबार
3 Min Read
Aa

मालश्री खबर, कार्तिक ५ रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले ८ वटै वडाका जग्गाहरूलाई बर्गीकरण गरेको छ । गाउँपालिका अन्तर्गतको स्थानीय भूउपयोग परिषद्को बैठकले पालिका भित्रका जग्गालाई कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा वर्गीकरण गरेको हो ।

लुम्बिनी प्रदेशको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले गते जेठ २७ गते परिपत्र गर्दै मंसिर २३ गतेभित्र जग्गालाई कम्तिमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्टाउन निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन अनुसार स्थानीय भूउपयोग परिषद्को बैठकले जग्गा वर्गीकरण गरेको परिषद्का अध्यक्षसमेत रहेका सनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।

पालिकाभित्र अन्नवाली, दलहन, तेलहन, वा अन्य नगदे बाली लगायतको खेतिपातीको लागि उपयोग भै रहेको जग्गा,फलफूलको बगैचा वा नर्सरी, तरकारी तथा फलफुलको व्यावसायिक खेती भएको जग्गा,आवादी क्षेत्रभित्र भएका खरबारी, घाँसे मैदान, चरन क्षेत्र तथा रुख झाडी भएको जग्गालाई कृषि क्षेत्रका रुपमा वर्गीकरण गरेको छ ।

- Advertisement -
Ad image

गैरकृषि क्षेत्रभित्र कृषि, पशुपालन वा औद्योगिक प्रयोजनका लागि वाहेक नागरिक आवासको रुपमा प्रयोग भई बसोवासका लागि न्यूनतम पूर्वाधार (भवन,घर, टहरा,घर, गोठ, आगन, बगैचा) को विकास भएको कित्ताले चर्चेको सम्पूर्ण क्षेत्रको सम्पूर्ण क्षेत्र (आवासीय क्षेत्र) र सो कित्ताले चर्चेको सम्पूर्ण क्षेत्र संग जोडिएको पाँचहजार वर्ग मिटरसम्म क्षेत्रफल भएको सम्पूर्ण जग्गालाई मानिएको छ ।

त्यस्तै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सामुदायिक विद्यालय र सामुदायिक संघ सस्थाको स्वामित्वमा रहेको जग्गा(सार्वजनिक उपयोगको क्षेत्र) र उक्त जग्गाको केन्द्रभाग वाट २ २ मिटरको अर्धव्यास भित्रको सम्पूर्ण जग्गालाई पनि गैरकृषि क्षेत्रको जग्गा मानिएको छ ।

मनोरञ्जन स्थल,पार्क, बगैँचा, चौर, फाँट, चौतारा, खेलकुद पूर्वाधार तथा मैदान, हाटवजार लाग्ने स्थान, सव अन्त्यष्टि गर्ने स्थान,फोहोर व्यवस्थापन स्थल, पिकनिक स्पटले चर्चेको जग्गा(सार्वजनिक उपयोगको क्षेत्र)लाई पनि गैर कृषि क्षेत्र मानिएको निर्णयमा उल्लेख छ ।

परिषदको निर्णय अनुसार‘विभिन्न समुदायले धार्मिक, साँस्कृतिक, वा परम्परागत रुपमा पूजा, अर्चना वा उपासना गर्ने स्थल, ऐतिहासिक दरबार,भवन, किल्ला लगायत ढाँचा निर्माण भएको स्थल र सो वरपर १ सय मिटर अर्धव्यास भित्रको क्षेत्र(साँस्कृतिक एवम् पूरातात्विक महत्वको क्षेत्र)’ लाई गैर कृषि क्षेत्र मान्ने उल्लेख छ ।

गाउँपालिका भित्रका नदि, खोला तथा सोको जलप्रवाहको क्षेत्र र बगर समेत, नहर वा सिंचाई सम्वन्धी संरचनाले ओगटेको क्षेत्र, सिमसार क्षेत्र, पानिको मुहान भएको क्षेत्र, साबिकको नदी वा खोला बगेको र हाल नदि खोलाको अस्तित्व नभएतापनि बगर वा ढुङ्ग्यान भएको क्षेत्र(नदि, खोला, ताल र सिमसार क्षेत्र) पनि गैर कृषि क्षेत्रमा पर्ने छन् ।

पालिकाको बर्गीकरण अनुसार सरकारी, सामुदायिक, कबुलियती, धार्मिक लगायत सबै प्रकारका बन जङ्गल भएको क्षेत्र, झाडि र बुट्यान भएको वा नभएको नाङ्गो खर्क समेत(बन क्षेत्र) समेत गैर कृषि जग्गाको रुपमा व्याख्या गरिएको छ । गाउँपालिकाले प्रत्येक वडाका जग्गालाई कृषि र गैरकृषि क्षेत्र भनेर बर्गीकरण समेत गरेको छ ।

लुम्बिनी सञ्चार

 

प्रतिक्रिया दिनुहोस्

Array