Ad image

सरोकारवालासंग छ्लफल, तथा अभिमुखिकरण गंगादेवमा

मालश्री खवर
मालश्री खवर २२ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

मालश्री खबर, बैशाख २२ रोल्पा ।

रोल्पाको गंगादेव गाउँपालिकामा स्थानीय स्तरमा मेलमिलाप सम्बन्धी सरोकारवालासंग दुई दिने छ्लफल, तथा अभिमुखिकरण कार्यक्रम भएको छ । स्तानीय मेलमिलाप “विवादको साटो, मेलमिलापको बाटो” उद्ययश्यका साथ स्थानिय न्यायिक समिति गंगादेव गाउँपालिकको आयोजनामा छलफल तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला अदालत रोल्पाका  न्यायाधीश खिमानन्द भुसाल रहनु भएको थियो कार्यक्रममा जिल्ला अदालत रोल्पाका स्रेस्तेदार शिवप्रसाद पराजुली, सरकारी वकिल कार्यालय रोल्पाका जिल्ला न्यायधिवक्ता चुडामणि पराजुली, जिल्ला वार रोल्पाका उपाध्यक्ष दामु मर्सिफुल, जिल्ला अदालत रोल्पाका दिपक आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

गंगादेव गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी के।सी। वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन गंगादेव गाउँपालिकाका कर्मचारी तथा उजुरी प्रशासक तुलाधर शर्माले गर्नुभएको थियो । स्थानीय स्तरमा मेलमिलाप सम्बन्धि सरोकारवाला संग छ्लफल, तथा अभिमुखिकरण भोली सम्म चल्ने छ ।

- Advertisement -
Ad image

छलफलमा सबै वडाका वडा अध्यक्षहरु, प्रत्यक वडाका मेलमिलाप समितिका संयोजक, पदाधिकारीहरु, वडा सचिव लगाएतको सहभागिता रहेको छ । रोल्पा जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसाल,स्रेस्तेदार शिवप्रसाद पराजुली, सरकारी वकिल कार्यालय रोल्पाका जिल्ला न्यायधिवक्ता चुडामणि पराजुली, जिल्ला वार रोल्पाका उपाध्यक्ष दामु मर्सिफुलले मेलमिलाप सम्बन्धी सरोकारवाला सगं छलफल, प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array