Ad image

सुविज्ञा बुढा बचाउ अभियानमा रोल्पालि सेवा समाजद्वारा सहयोग

मालश्री खवर
मालश्री खवर २२ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

मालश्री खबर, वैशाख २२ गते रोल्पा

सुविज्ञा बुढा बचाउ अभियानमा रोल्पालि सेवा समाजले सहयोग हस्तान्तरण गरेको छ ।

शुक्रबार ४ नम्बर वडा कार्यालयको रहोवरमा सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरी एक लाख अर्चालिस हजार दुई सय छपन्न रुपैयाँ हस्तान्तरण गरेको हो ।

त्रिवेणी गाउँपालिका ४ सिमपानि रोल्पा कि १३ बर्षिय सुविज्ञा बुढा को कलेजो प्रत्यारोपण गर्नु पर्ने भएको छ । कलेजो प्रत्यारोपणको लागि रोल्पाली सेवा समाजले नगद सहयोग गरेको हो ।

- Advertisement -
Ad image

कार्यक्रममा त्रिवेणी गाउँपालिका ४ का वडा अध्यक्ष गगां प्रशाद घर्ती को प्रमुख अतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्य भिम बहादुर बुढा, बुढागाउ स्वास्थ चौकि प्रमुख धन बहादुर घर्ती, बुद्धिजीवी गौरव डागि, जनकल्याण माबि कि शिक्षक तथा बौद्धिक व्यक्तित्व प्रेम कुमारी घर्तीको उपस्थित रहोको थियो ।

त्यस्तै समाजसेवी प्रविन खड्का ,लेखमनि बुढा, कुलराज बुढा, अमित हमाल, गणेश डागि, दिलमाया खड्का, नेकपा एमाले ४ नं वडा अध्यक्ष गन्ज बहादुर घर्ती, रोवर पुन, थमन सुनार को उपस्थिति रहेको थियो ।

कार्यक्रममा नै प्रविन खड्का बाट रु ५ हजार र गणेश डागिले २ हजार सहयोग गर्नु भएको छ ।

पिडित कि आमा भिम कुमारी बुढाले सहयोग गरेकोमा रोल्पालि सेवा समाज लाई अझै दुखि पिडित को घाउमा मलहम बनोस् र जस जसले सहयोग गर्नुभयो सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

वडा अध्यक्ष गंगा प्रसाद घर्तीले सहयोग गर्ने सहयोगी मन प्रति र रोल्पालि सेवा समाज का सम्पूर्ण टिम प्रति धन्यवाद दिनुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रमको संचालन रोल्पालि सेवा समाजका प्रवक्ता तथा सुविज्ञा बचाउ का संयोजक वकिल बहादुर पुन ले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array