Ad image

अरनिको माविमा शैक्षिक सुधार गर्न अभिभावक, वि.व्य.स., शिक्षक र विद्यार्थी बिच कार्यसम्पादन सम्झौता 

malashree
malashree २९ बैशाख २०८१, शनिबार
3 Min Read
Aa

मालश्री खबर, वैशाख २९ गते रोल्पा ।

त्रिवेणी गाउँपालिका २ नुवागाउँ स्थित अरनिको मा‍. वि. रोल्पामा गत शैक्षिक सत्रको समीक्षा, चालु शैक्षिक सत्रको बार्षिक कार्ययोजना अनुमोदन तथा अभिभावक, वि.व्य.स., प्रधानाध्यापक, शिक्षक विद्यार्थी कार्यसम्पादन सम्झौता तथा प्रतिबद्धता सम्पन्न भएको छ।

विद्यालयमा कार्यसम्पादन सम्झौता तथा प्रतिबद्धताक लागि अभिभावक, वि.व्य.स., शिक्षक विद्यार्थीहरुको छुट्टा छुट्टै समूह विभाजन गरी अन्तरक्रिया तथा छलफल गरी कार्यसम्पादन, प्रतिबद्धता र सुझाब तयार गरेका थिए ।

विद्यार्थी तथा विद्यालयमा संगठित विभिन्न क्लवहरुको तर्फबाट विद्यार्थी मिलन घर्तीले, शिक्षक तथा कर्मचारीको तर्फबाट शिक्षक मदन कुमार सुनारले,  प्र. अ. र स. प्र. अ. को तर्फबाट प्र. अ. गणेश कुमार घर्ती मगरले, वि. व्य. स. को तर्फबाट लोक बहादुर बुढाले,  अभिभावकको तर्फबाट शि. अ. स. सदस्य अस्मिता घर्तीले कार्य सम्पादन, प्रतिबद्धता र सुझाबहरु प्रस्तुत गर्नुभएको थियो ।

- Advertisement -
Ad image

भेलामा सहायक प्र.अ. झुमा कुमारी घर्ती मगरले गत शैक्षिक वर्षको सिकाइ उपलब्धि लगाएतका बिषय प्रस्तुत गर्नुभएको थियो । साथै प्र. अ. गणेश कुमार घर्ती मगरले प्र.अ. को योजना तथा शैक्षिक वर्ष २०८१ को कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।

भेलालाई सम्बोधन गर्दै  त्रीवेणी गाउँपालिका २ का वडा अध्यक्ष एंव कार्यक्रमका प्रमुख अथिती कबिराज बुढाले बालबालिकाकाे हितका लागि अन्तरक्रिया छलफल राखेको र विद्यालयले गरीरहेमा असल अभ्यासका लागि विद्यालयलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै कार्य सम्पादन, प्रतिबद्धता र सुझाबहरु प्रस्तुत गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको थियो ।

 

विद्यालयलाई विभिन्न सुझावहरु, विद्यालयको मुखपत्र, स्मारीका निर्माण गर्न सहयोग गर्ने साथै वडामा रहेका सम्पूर्ण विद्यालयका शैक्षिक समस्याहरुलाई प्राथमिकता गरी समस्या सामाधान गर्न पहल गर्ने र अन्य विभिन्न प्रतिबद्धताहरु पनि व्यक्त गर्नुभएको थियो ।

 

विद्यार्थीहरुको प्रतिवद्धता:

१. विद्यालयले निर्धारण गरेका नीति, नियम भित्र बसेर सिकाई क्रियाकलापमा सहभागी हुनेछौँ ।

२. वर्ष भरी विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापमा सबै जनाले कम्तीमा दुई वटा क्रियाकलापमा सहभागी हुनेछौँ ।

३. पठन संस्कृति बलियो बनाउने गरी वर्ष भरीमा पाठ्यपुस्तक बाहेका कम्तीमा ३ वटा पुस्तक पढेर पुस्तकको सांराश विद्यालयमा बुझाउनेछौँ ।

४. विद्यालयले तोकेका र आफ्ना पाठ्यक्रमले निर्धारण गरेका गरेका परियोजना कार्य तथा प्रयोगात्मक क्रियाकलापलाई समूह कार्यको सम्पन्न गर्न कोसिस गर्नेछाैँ ।

५. विद्यालयले प्रतिनिधित्व गर्ने विभिन्न क्रियाकलापमा सहभागी भई विद्यालय साथै आफ्ना अभिभावक र स्वयम आफैलाई गौरव गर्ने गरी काम गर्नेछौँ ।

६. राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुले ईमान्दार रुपमा अभ्यास गर्नेछौँ ।

७. आजका असल बालबालिका भोलिका सवल नागरिक बन्ने बाटाेमा अघि बढ्न अहिले आफ्नो अध्यनलाई बलियो बनाउन प्रयत्न गर्नेछौँ ।

malashree

प्रतिक्रिया दिनुहोस्