Ad image

सुनिलस्मृति र लुङ्ग्रीमा पूर्णखोप सुनिश्चितता पालिका घोषणाका लागी अनुगमन 

malashree
malashree ३० बैशाख २०८१, आईतवार
2 Min Read
Aa

भरत विश्वकर्मा / वैशाख २९ गते ।

स्वास्थ्य कार्यालय रोल्पाद्वारा पूर्णखोप सुनिश्चितता पालिका घोषणाका लागि रोल्पाका विभिन्न पालिकाहरुमा अनुगमन गरिएको छ ।  शनिवार रोल्पाका दुई पालिकाहरुको अनुगमन गरिएको छ । जिल्लाको सुनिलस्मृति गाउँपालिका र लुंग्री गाउँपालिकाको अनुगमन गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । 

जिल्ला खोप समन्वय समिति प्रमुख तथा जिल्ला समन्वय समिति प्रमुख सीता आचार्य, स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य निरीक्षक डिल्ली बहादुर केसी र माधव राउत, किड्स नेपालका जिल्ला संयोजक राम बहादुर घर्ती, पत्रकार  भरत विश्वकर्मा लागाएतको सहभागितामा अनुगमन गरिएको थियोे ।

दुइ गाउँपालिकाको अनुगमन गर्दा सुनिलस्मृति गाउँपालिकामा सबै बालबालिकाहरु खोपको पहुँचमा रहेको पाइएको छ । गाउँपालिकाको सबै वडाहरु पुर्णखोप सूनिश्चतता तथा दिगोपना वडा घोषणा समेत गरिएको छ । क्रमस पालिका नै घोषणा गर्ने तयारी रहेको पाइएको थियो । लुंग्री गाउँपालिकाको पनि सबै वडाहरुमा वडा स्तरीय दिगोपना पालिला घोषणा गरिएको छ ।

जिल्लाका अधिकांश पालिकामा वडा स्तरीय दिगोपना घोषणा कार्यक्रम सकिएर पालिकामा घोषणाको तयारीमा रहेको जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समिति प्रमुख सीता  आचार्यले बताउनु भयो । जिल्लाका अधिकांश बालबालिका खोपको पहुँचमा रहेको उहाँले बताउनुभयो । कुनै कारण खोप लगाउन बाट छुट भएका बालबालिकाहरुलाई पनि खोप कार्यक्रममा समावेश गर्दै अघि बढिरहेको उहाँले बताउनु भयो ।

- Advertisement -
Ad image

वडा स्तरमा पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरि सकेका गाउँपालिकालाई पालिका स्तरिय दिगोपना घोषणा गर्न अनुरोध गरिएको स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य निरीक्षक डिल्ली केसीले जानकारी दिनुभयो ।

malashree

प्रतिक्रिया दिनुहोस्