Ad image

माडीमा पाठ्यक्रम सम्बन्धि कष्टमाइज्ड तालिम सम्पन्न

मालश्री खवर
मालश्री खवर ११ बैशाख २०८१, मंगलवार
2 Min Read
Aa

मालश्री खबर,बैशाख ११ रोल्पा ।

माडी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको एकीकृत पाठ्यक्रम सम्बन्धी कष्टमाइज्ड तालिमको आज समापन भएको छ । मंगलबार माडी गाउँपालिकाको बहुउद्देश्यीय सभाहल परिवर्तन गाउँपालिका–२ घर्ती गाउँमा सम्पन्न भएको हो ।

माडी गाउँपालिका–२ का वडा अध्यक्ष तथा माडी गाउँपालिकाका प्रवक्ता र माडी गाउँपालिका सामाजिक विकास समितिका संयोजक ललित घर्तीको अध्यक्षतामा भएको तालिममा ३३ वटा सामुदायिक विद्यालयका शिक्षक तथा शिक्षिका र दुई जना प्रशिक्षकको सहभागिता रहेको थियोे ।

तालिमको प्रशिक्षमा एकीकृत पाठ्यक्रम सम्बन्धि रोष्टर विज्ञ कुल बहादुर बिष्ट र भिम प्रकाश पुन रहनु भएको थियोे । नयाँ शैक्षिक सत्रको सुरुवातसङ्गै माडी गाउँपालिकाका सबै सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको २ दिने तालिमले यसको कार्यान्वयन र प्रभावकारीतामा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

- Advertisement -
Ad image

२०८१ बैशाख १० देखि तालिम सुरु भएको थियो । २०८१ बैशाख १२ गते देखि माडीका ६–१० कक्षा संचालित सबै सामुदायिक विद्यालयका नेपाली विषय शिक्षकका लागि तालिमको आयोजना गरिने र १५ गते देखि १९ गतेसम्म ३३ वटा विद्यालयका स्रोत शिक्षकहरुका लागि क्षमता विकास तालिमको आयोजना गरिने समेत जनाइएको छ ।

यसले माडी गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार, उपलब्धि अनि सूचना सञ्चारको उपयोगमा सिमित स्रोत साधन र प्रविधिको महत्व प्रयोगमा जोड् दिने भएको छ । कार्यक्रमको सञ्चालन माडी गाउँपालिका शिक्षा शाखामा कार्यरत कर्मचारी बिर्सिङ वलीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

Array