Ad image

राजनैतिक दलकाे सदस्य रहेका शिक्षकलाई कारवाही हुने 

मालश्री खवर
मालश्री खवर १० बैशाख २०८१, सोमबार
1 Min Read
Aa

मालश्री खबर, बैैशाख १० रोल्पा ।

राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षकलाई कारवाही गरिने भएको भएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई रोल्पाले राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षक कर्मचारीलाई कारवाहीको हुने एक सूचना मार्फत जनाएको हो ।

समन्वय इकाई रोल्पाले विद्यालय र शिक्षक तथा कर्मचारीहरुको समेत रहेकोले कानुन विपरित राजनैतिक दलको कार्यकारी पदमा रहेको पाईएमा कानुन बमोजिम कारवाही हुने पनि जानकारी गराएको हो ।

- Advertisement -
Ad image

विद्याालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु(प्र.अ) समेत मध्ये राजनैतिक दलको कार्यकारिणी समितिको पदमा रहेको भए सो को स्पष्ट विवरण खुलाई इकाइमा पेश गर्न इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षर गरिएको सूचनामा जानकारी गराईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array