Ad image

नेको इन्सुरेन्स रोल्पा शाखाद्वारा दाबी भुक्तानी

मालश्री खवर
मालश्री खवर ९ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

मालश्री खबर, बैशाख ९ रोल्पा ।

नेको इन्सुरेन्स रोल्पा शाखाद्वारा दाबी भुक्तानी गरेको छ । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. ३ साद्दोबाटोस्थित लिबाङ सडकखण्डमा लिबाङबाट सुलिचौर जादै गरेको रा १ ज ६२० नम्बरको भ्यान २ प्युठानबाट रोल्पा लिबाङ तर्फ आउदै गरेको बि.ए.बि ८१६७ नम्बरको इसुजु गाडी एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।

सोही दुर्घटना पछि दुवै गाडीको क्षति भएको र गाडी धनीले क्षतिपूति बापत रकम उपलब्ध गराएको नेको इन्सुरेन्सका प्रमुख पुर्णबहादुर विष्टले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ । १ हप्तामा दुवै गाडीको क्षतिपूति वापतको रकम रु २ लाख २१ हजार नौ सय रुपैया गाडी धनी माडी गाउँपालिका वडा नं. ५ घर्ती गाउँका भिमबहादुर घर्तीमगरलाई रकम हस्तान्तरण गरेको विष्टले बताउनुभयो ।

आइतबार एक कार्यक्रमको बचि नेको इन्सुरेन्स रोल्पाका शाखाका, शाखा प्रमुख पूर्णबहादुर विष्टले रोल्पा शाखामा चेक हस्तान्तरण गनुभएको बताईएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array