Ad image

नेपाल तरुणदल त्रिवेणी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

मालश्री खवर
मालश्री खवर ८ बैशाख २०८१, शनिबार
3 Min Read
Aa

मालश्री खबर, बैशाख ८ रोल्पा ।
नेपाल तरुण दल त्रिवेणी गाउँपालिका रोल्पाको प्रथम पालिका सम्मेलन जुगारमा सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका नेपाल तरुण दलका अध्यक्ष देबबहादुर डाँगीको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथिमा नेपाली कांग्रेस रोल्पाका पूर्व पाटी सभापति एंव समाजसेबी तथा राजनितिज्ञ कृष्णबहादुर घर्तीमगर रहनुभएको आयोजकले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।


कार्यक्रमको विशिष्ट अतिथिहरुमा नेपाली कांग्रेस रोल्पाका पाटी सचिव तथा नेपाल तरुणदल रोल्पाका निबर्तमान अध्यक्ष तिलकराम बुढाथोकी, नेपाली कांग्रेस रोल्पाका जिल्ला सचिव शेरबहादुर थापा, रहनु भएको थियो ।

नेपाल तरुण दल जिल्ला कार्य समिति रोल्पाको यहि बैशाख ०२ गते सदरमुकाम लिबाङमा बसेको बैठकको निर्णय अनुसार जिल्लाको सबै पालिकामा सम्मेलन गर्नु पर्ने निर्णिय बैशाख ०८ गते शनिबारका दिन त्रिबेणी गाउँपालिकामा प्रथम पालिका स्तरीय सम्मेलन गरेको नेपाल तरुणदल रोल्पाका प्रबक्ता मनोज घर्तिमगरले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

अन्य अतिथिहरुमा त्रिवेणी गाँउपालिका उपाध्यक्ष तथा पूर्व महाधिवेशन प्रतिनिधि लेखमणी डाँगी, नेपाल तरुण दल केन्द्रिय सदस्य लालकुमारी वली पुन, नेपाली कांग्रेस त्रिवेणी गाउँपालिकाका सभापति दुर्योधन राना, नेपाल तरुण दल जिल्ला कार्यसमितिका सभापति पशुपति घर्ति, नेपाल तरुण दल जिल्ला कार्यसमितिका उपसभापति तिरसपति बुढा, नेपाल बिद्यार्थी संघ केन्द्रिय सदस्य विश्व राना, नेपाल शिक्षक संघ त्रिवेणी गाउँपालिकाका सभापति राजेन्द्र घर्तिमगर लगायत लगाएतको आथिथ्यता रहेको बताइएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस रोल्पाका पूर्व पाटी सभापति एंव समाजसेबी तथा राजनितिज्ञ कृष्णबहादुर घर्तीमगरले नेपाल तरुणदलमा आबद्ध सबै युवाहरु कुलतबाट सधै ताढा रहनु पर्ने बताउनु भएको छ । पछिल्लो समय धेरै युवाहरु कुलतकै कारण ठुलो दुरघर्टनामा परको बताउदै कार्यक्रमका प्रमुख अतिथि घर्तिमगरले यो कुलतबाट ताढा रहन सकेमा स्वंयम आफैलाई र संठगनलाई ठुलो फाइदा हुने बताउनु भएको छ । नेपाल तरुणदलमा आबद्ध भएका युवाहरु अरु पाटीको युवा संगठन भन्दा फरक बनेर यो समाजको सेवा गर्न र पाटीलाई थप बलियो बनाउनको लागी लाग्नु पर्ने सुझाव दिनु भएको छ । युवा शक्तिमा देश विकास सँगै जुन सुकै विकास गर्नको लागी ठुलो महत्वपुर्ण भुमिका रहेने बताउर्दै घर्तिमगरले युवा शक्तिलाई सहि ढंगबाट परिचालन गर्नुको लागी लाग्नुको साथै युवाको भावना बुझुरे अघि बढ्को लागी पनि पार्टी नेतृत्वलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका पाटीका बिभिन्न तहका नेता कार्यक्रर्ता तथा बिभिन्न भातृ तथा शुभेच्छुक संघ संगठनका प्रमुख प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


नेपाली कांग्रेस पार्टीलाई सुढृढीकरण तथा थप जागरुप रुपमा लैजानको लागि प्रत्येक पालिकामा सम्मेलन गर्ने र पालिका सम्मेलन सकियलगतै जिल्ला सम्मेलन गर्ने कार्यतालिका रहेको नेपाल तरुण दल जिल्ला कार्यसमितिका सभापति पशुपति घर्तिमगरले बताउनु भएको छ ।
त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडा सदस्य मोहन केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल तरुण रोल्पाका प्रवक्ता मनोज घर्तीमगरले गर्नुभएको हो ।

   

प्रतिक्रिया दिनुहोस्

Array