Ad image

सत्प्रयास समूह रोल्पाद्धारा एसईई दिएका विद्यार्थीहरुसँग अन्तरक्रिया

मालश्री खवर
मालश्री खवर ८ बैशाख २०८१, शनिबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढामगर / मालश्री खबर, बैशाख ८ रोल्पा ।
सत्प्रयास समूह रोल्पाले एसईई दिएर बसेका बिद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सत्प्रयास समूह रोल्पाको आयोजनामा एसईई दिएर बसेका विद्यार्थीहरुसँग करिअर विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार हेरीटेज होटेल लिबाङ्मा सम्पन्न भएको बताइएको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति तथा सत्प्रयास समुह रोल्पाका सदस्य काशिराम डाँगीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा एसईई परिक्षा दिएर बसेका करिब २१ जना विद्यार्थीहरुको सहभागिता रहेकोे थियोे ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचनमगर, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डिबी घर्ती मगर, रोल्पा अस्पताल रेउघाका सिनियर अहेव तथा सत्प्रयास समुह रोल्पाका सदस्य कुलबहादुर डाँगी लगायतको आतिथ्यता रहेको थियोे ।

- Advertisement -
Ad image

अन्तरक्रिया कार्यक्रममा सडक पूर्वाधार कार्यालय रोल्पाका प्रमुख हेमन्त रोका क्षत्रीले पनि बाल्यकाल देखिको पढाईको अनुभव शेर गर्नु भएको थियोे । उहाँले दुख कष्ट र संघर्ष गर्दै अध्ययन पुरा गरेको स्मरण गर्नुभयो । मैले उतिबेला यो बन्छु,त्यो बन्छु भन्ने मैले केही पनि सोचेको थिएन । पछी पद्ढै जाँडा अहिले यो ठाउँ सम्म आएको बताउनु भएको छ । उतिबेला अध्ययन गर्न निकै कठिन भएको बताउदै,जनयुद्धको समय भएकोेले धेरै दुःख गरेर अध्ययन गरेको समेत बताउनु भएको छ । कडा मेहनत गरेमा जो कोही पनि सफलताको यात्रामा पुग्न सकिने समेत बताउनु भएको छ ।

सोही अन्तरक्रिया कार्यक्रममा रोल्पा अस्पताल रेउघा रोल्पाका डाक्टर निरज घर्ती मगरले आफ्नो बाल्यकाल देखिको पढाई र डाक्टर बन्दा सम्मको अनुभव विद्यार्थीहरुलाई शेर गर्नु भएको थियोे । उहाँले पहिले म बन्छु भनेर कहिले पनि नसोचेको र मेहनत गर्दै जादा आफू डाक्टर बनेको बताउनु भएको छ । पहिलो कुरा त रुचिको विषय र इच्छाशक्ति हुनुपर्ने बताउदै,तपाईंलाई के विषय ठिक लाग्छ त्यहीँ विषय लिएर अध्ययन गरेमा आफ्नो लक्ष्यमा पुग्न सकिने समेत बताउनु भएको छ ।

सत्प्रयास समूहमा स्वास्थ्यकर्मी, पत्रकार, समाजसेवी, बुद्धिजीवी, साहित्यकार, कलाकार र निजामती कर्मचारी लगायतको आवद्ध साँझा समूह भएको समेत बताइएको छ । २०७२ सालमा सत्प्रयास मिडिया भनेर सानो समूहमा स्थापना भएको समूह अहिले ठूलो समूहमा स्थाप्ना भएको बताइएको छ । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष तथा सत्प्रयास समुह रोल्पाका सदस्य खेम बुढा मगरले गर्नु भएको थियोे ।

  

प्रतिक्रिया दिनुहोस्

Array