Ad image

साँझ १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

malashree
malashree ६ कार्तिक २०८१, मंगलवार
1 Min Read
Aa

रोल्पा, ०६ कार्तिक। नजिकिदै गरेको तिहार र छठ पर्वलाई लक्षित गरेर सुनिलस्मृति गाउँपालिकामा तिन पालिकाको बिचमा विभिन्न विषयमा छलफल चलेको छ।

पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाका अध्यक्षहरुको उपस्थिति साथै सरोकारवालाहरुको सहभागितामा छलफल चलेको थियो।

छलफलबाट विशेषगरी तिहार र छठ पर्वलाई सव्य र भव्य रुपमा सम्पन्न गर्नका लागि केहि निर्णयहरु समेत भएका छन् ।  तिहारको समयमा देउसी भैलो साँझ १० बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरिएको छ । चार्डपर्वको समयमा बढी अपराधिक घटनाहरु घट्न सक्ने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ । होटल व्यवसायीहरुलाई पनि साँझ १० बजेसम्म मात्रा व्यवसाय सञ्चालन गर्न सुझाब दिएको छ ।

त्यस्तै चार्डपर्वमा प्लाष्टिक जन्य मालाको प्रयोगमा समेत प्रतिबन्द लगाइएको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारि दिनुभयो। गाउँमै उत्पादन गरिएका मालाको प्रयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो।

- Advertisement -
Ad image

तिन पालिकाको बिचमा भएको छलफलमा तिन पालिका भित्र चल्ने अटो रिक्साहरुलाई मंसिर मसान्त भित्र आ-आफ्नो पालिकामा दर्ता गर्न सुझाब दिइएको छ। उक्त समयमा पनि दर्ता नगरेको खण्डमा कानुन बमोजिम कारवाही गरिने निर्णय गरिएको बताइएको छ ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधि, व्यावसायी, सुरक्षाकर्मी, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।

malashree

प्रतिक्रिया दिनुहोस्