Ad image

नव चेतना युवा समूहको छैटौं वार्षिकोत्सव समापन

malashree
malashree २४ आश्विन २०८१, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, असोज २४ रोल्पा ।

रोल्पाको लुङ्ग्री गाउँपालिका ४ सालडाँडामा रहेको नव चेतना युवा समूहको छैटौं वार्षिकोत्सव समापन भएको छ । बुधबार एक कार्यक्रमका बीच वार्षिकोत्सव समापन गरिएको हो ।

वडादशैंको अवसर तथा समूहको वार्षिकोत्सवमा विविध प्रतियोगिता सञ्चालन गरिएका थियो । समूहका अध्यक्ष मेघराज विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा लुङ्ग्री गाउँपालिका वडा नं. ४ का निवर्तमान वडाध्यक्ष शिव प्रसाद के.सी रहनुभएको थियो ।

विशिष्ट अतिथिमा विजयश्वरी मा.वि का निवर्तमान विव्यस अध्यक्ष तथा नेकपा माओवादी केन्द्र लुङ्ग्रीका सह–सचिव तथा  अमृत बहादुर विष्ट र गौरिशंकर मा.वि लुङग्री गाउँपालिका वडा नं. ४ ठुलो नम्जाका प्रधानाध्यापक तुल बहादुर खड्का रहनुभएको थियो ।

- Advertisement -
Ad image

वार्षिकोत्सवमा पुरुष भलिबल, महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा पुरुष भलिबल प्रतियोगितामा जनसेवा गणतान्त्रिक युवा क्लव लुङ्गी प्रथम, ताल पोखरी लुङग्री ३ दोस्रो, जौलिपोखरी लुङ्ग्री २ तेस्रो र सिर्जनशिल युवा क्लव लुङ्ग्री २ सान्त्वना भएका छन् ।

यस्तै महिला भलिबल प्रतियोगितामा सक्रिय शान्ति युवा क्लब लुङग्री ३ प्रथम, शिवशिद्ध युवा क्लब लुङ्ग्री दोस्रो, बराहशिद्ध लुङ्ग्री तेस्रो र नवचेतना युवा क्लब सान्त्वना भएका छन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, खेलाडी, खेलप्रेमी, स्थानीय लगायतलाई उपस्थित रहेको थियो । कार्यक्रम असोज १८ गते देखि सुरु गरिएको थियो ।

समूहका उपाध्यक्ष मानिक विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण बहादुर घर्तीले गर्नुभएको नव चेतना युवा समूहका प्रवक्ता किमराज विष्टले जानकारी दिनुभएको छ । थियो ।

malashree

प्रतिक्रिया दिनुहोस्