मालश्री खबर
रोल्पा,३० भदौ। सुनिलस्मृति गाउँपालिका ७ तेवाङका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । वडा भित्रका सम्पूर्ण विद्यालयमा अध्ययनरत दलित, जेहेन्दार, द्वन्द्व पीडित, असाय विद्यार्थीहरुको पहिचान गरि शैक्षिक सामग्री प्रदान गरिएको बताइएको छ ।
उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम र वडा कार्यालयबाट बिनियोजित शैक्षिक सामग्री वितरण कार्यक्रमबाट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको वडाध्यक्ष रेशम शर्माले जानकारी दिनुभयो। उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम अन्तर्गत ८१ जना विद्यार्थीलाई र वडा कार्यालयबाट ३१ जना गरि १२१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको वडाध्यक्ष शर्माले जानकारि दिनुभयो।

वडाभित्रका अति विपन्न, दलित साथै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको पहिचान गरी शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ति विद्यार्थीहरुलाई विद्यालयमा जानुपर्छ भन्ने भावना विकास गराउन यस खालको कार्यक्रम महत्वपूर्ण रहेको कार्यपालिका सदस्य नेमलाल परियारले बताउनु भयो ।
कार्यक्रममा वडा सदस्यहरु शिक्षक विद्यार्थी लगाएतको उपस्थिति थियो।






प्रतिक्रिया दिनुहोस्