मालश्री खबर, श्रावण २९ रोल्पा ।
शिवसिद्ध युवा समूहको नवौं वार्षिकोत्सवमा विविध खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । लुङग्री गाउँपालिका १ खद्दर रोल्पामा सो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा साविक वडा स्तरिय पुरुष भलिबल, साविक वडा स्तरिय महिला भलिबल, खुल्ला रस्साकस्सी, खुल्ला एकल नृत्य र घैटाफोर प्रतियोगिता सञ्चालन गरिने क्लवका अध्यक्ष हर्क रोकामगरले जानकारी दिनुभएको छ । नवौं वार्षिकत्सव श्रावण ३० देखि भाद्र ३ गतेसम्म सञ्चालन हुनेभएको छ ।
वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार २३ हजार, दिद्धिय १५ हजार र तृतिय पुरस्कार १० हजार रहेको छ भने, वडा स्तरिय महिला भलिबलमा प्रथम पुरस्कार १४ हजार, द्धितिय पुरस्कार तृतिय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार रहेको छ ।
यस्तै नृत्य प्रतियोगितामा प्रथम पुरस्कार ३ हजार, द्धितिय पुरस्कार २ हजार, तृतीय पुरस्कार १ हजार छ र , घैटाफोर प्रतियोगितामा पुरस्कार ३ हजार रहेको छ । साथै प्रत्येक विजेतालाई प्रमाण पत्रको व्यवस्था गरिएको बताईएको छ ।
कार्यक्रमको अवसरमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, खेलाडी, खेलप्रेमि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत स्थानीयहरुमा उपस्थितको लागि अनुरोध गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्