Ad image

सुनिलस्मृति-१ घोडागाउँलाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडा घोषणा

malashree
malashree २३ असार २०८१, शनिबार
2 Min Read
Aa

मालश्री खबर/असार २२ गते रोल्पा ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ घोडागाउँलाई पूर्ण संस्थागत प्रसूतियुक्त वडा घोषणा गरिएको छ । पूर्ण संस्थागत प्रसूतियुक्त वडा घोषणा गर्नका लागि आवश्यक मापदण्ड र प्रक्रियाहरू पुरा गरेपछि उक्त वडा कार्यालयलाई पूर्ण संस्थागत प्रसूति युक्त वडा घोषणा गरिएको सुनिलस्मृति गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिका भित्र हालसम्म दुई खुंग्री र घोडागाउँ गरि दुई वडालाई पूर्ण संस्थागत प्रसूति युक्त वडा घोषणा गरिएको छ ।

पछिल्लो समय घरमा सुत्केरी गराउनेमा संख्यामा न्यून भएको स्वास्थ्य शाखा प्रमुख मतिम आलमले बताउनु भयो । सरकारले ल्याएको मातृस्वास्थ्य सुरक्षा कार्यक्रमले मातृमृत्युका संख्यामा कमी आएको उहाँले बताउनु भयो । उहाँले पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडा घोषणा गर्नुमा मात्र अन्तिम कार्य नभइ यसलाई दिगोपना गर्नु महत्वपुर्ण भएको बताउनु भयो । यस कार्यक्रमले दिगो विकासको लक्षलाई समेत परिपूर्ति गर्नमा महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्य शाखा प्रमुख आलमले बताउनु भयो ।

- Advertisement -
Ad image

वडा प्रजनन् स्वास्थ्य समन्वय समितिका संयोजक तथा वडा अध्यक्ष पवन कँवरको अध्यक्षतामा भएको कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिकाकी उपाध्यक्ष मिना थापा, प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई, स्वास्थ्य शाखा प्रमुख मतिम आलम रहनुभएको थियो ।

कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, स्वास्थ्य स्वयंसेविका, स्थानीय बुद्धिजीवी, महिला समूहका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

 

 

malashree

प्रतिक्रिया दिनुहोस्