मालश्री खबर/असार १६ गते रोल्पा ।
आज रातिको अविरल वर्षाको कारण जिल्लाको विभिन्न क्षेत्रमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
आज विवाह ३ बजेको समयमा भएको अविरल वर्षाको कारण रोल्पा नगरपालिका- १० धवाङको एक घरमा पशु चौपायामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
वर्षाको कारण तिर्पालले छाएको गाई गोरु बाँध्ने छाप्रोमा पहिरो आउदा छाप्रोमा बाधेको गोरु माटोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी, प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभएको छ । पहिरोबाट अन्य कुनै प्रकार क्षति नभएको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्