Ad image

लुङ्ग्री-४ नम्जाका किसानलाई बाख्रा उपहार

malashree
malashree १७ असार २०८१, आईतवार
2 Min Read
Aa

मालश्री खबर/असार १६ गते रोल्पा ।

लुङ्ग्री गाउँपालिका-४ नम्जामा आज एक कार्यक्रमको बिच बाख्रा वितरण गरिएको छ ।

लुङ्ग्री गाउपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको आथिक तथा प्राविधिक सहयोगमा लुङ्ग्री गाउपालिकामा संचालित कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा यूवा उद्यमशिलता साझेदारि परियोजना कार्यक्रम मार्फत वितरण गरिएको आयोजकले जनाएको छ ।

उक्त परियोजना अन्तरगत गठन भएको हरियालि महिला समुहद्वारा प्रजनन् योग्य बाख्रा का पाठिहरु उपहार स्वरुप अन्य सदस्यहरुलाई प्रदान गरिएको थियो ।

- Advertisement -
Ad image

“भोका लाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउ” भन्ने मुल नाराका साथ लुङ्ग्री गाउपालिका मा २०७९ सास माघ देखि २९ महिना को लागि कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा यूवा उद्यमशिलता साझेदारि परियोजना सञ्चाल भईरहेको छ । उक्त परियोजनाले गत आवमा वितरण गरेको ८० वटा माउ बाख्राबाट जन्मेको बाख्राका पाठीहरु उपहार स्वरुप प्रदान गरिएको हेफर परियोजना फाईनान्स अफिसर गणेशमान खड्काले जानकारी दिनुभयो ।

उपहार कार्यक्रमा मा प्रमुख अथितिका रुपमा लुङ्ग्री गाउपालिका को उपाध्यक्ष श्री दिल कुमारी गुरुङ्ग र अर्थितिहरु मा वडा नं ४ का अध्यक्ष श्री विरवल खड्का, पालिका पशु शाखा का निशा श्रेष्ठ र दिल बहादुर के.सी, पशु प्राविधिक राम बहादुर के.सी, परियोजना बाट परियोजना संयोजक प्रशान्त पाण्डे, फाईनान्स अफिसर गाणेशमान खड्का, प्राविधिक संयोजक गिर बहादुर खड्का, सामुदायिक सहजकर्ता झपेन्द्र खड्का र समुहका सम्पुर्ण सदस्यहरु को उपस्थिति रहेको थियो ।

malashree

प्रतिक्रिया दिनुहोस्