Ad image

एसियन च्याम्पियनसिपमा रोल्पाका सन्देश घर्तीले प्राप्त गरे स्वर्ण पदक

malashree
malashree १४ असार २०८१, बिहीबार
1 Min Read
Aa

जुनिस कुमार बिष्ट/असार १३ गते  रोल्पा ।
एसियाली सिएच आइटिएफ तेक्वन्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिघित्व गर्दै रोल्पाका एक खेलाडीले स्वर्ण पदक प्राप्त गरेका छन । २०८१ जेठ ११ देखी १३ गते सम्म ललितपुरको कराते हलमा सम्पनन् भएको प्रतियोगितमा ४२ देखी ४६ तौल समुहमा रोल्पा सुनछहरी गाउँपालिका १ सेरमका सन्देश घर्तीमगरले स्वर्ण पदक प्राप्त गरेका छन् ।


एसियाली सिएच आइटिएफ तेक्वन्दो च्याम्पियनसिपमा ६ सय बढी सहभागी खेलको प्रस्तिस्पर्धमा उनले प्रथम स्थान हासिल गरेका हुन् । बिजय प्राप्त गरेपछि खुसी हुँदै घर्तीले आफु असाध्यै खुसी भएको प्रतिक्रिया दिएका छन् । अब थप आफुमा जिम्मेवार बोध भएको बताउदै घर्तिमगरले अबका आगामी दिनमा खेलकुद क्षेत्रमा अगाडि बढ्ने थप जोश जागर र हौसल्ला प्राप्त भएको समेत बताएका छन् ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्