भरत विश्वकर्मा, जेठ १४ गते रोल्पा ।
सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्न लागेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम पेश गर्ने लागेको बताइएको छ । गाउँपालिका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनको लागि अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाले यही जेठ २४ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नको लागि गाउँ सभाको १६ औं अधिवेशन आह्वान गरेको सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनुभएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँपालिकाको समग्र क्षेत्रलाई प्रतिनिधित्व गरेर ल्याउन लागेको बताउनु भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नको लागि अन्तिम चरणमा पुगेको गाउँपालिकाकी उपाध्यक्ष मिना थापाले जानकारी दिनुभयो । गाउँपालिकाले समग्र पालिकाको हिटको लागि उपयुक्त खालको नीति तथा कार्यक्रम पेश गर्न लागेको बताउनु भयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पुर्वाधार , आर्थिक विकास, सामाजिक विकास, सुशासन लगाएतको क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम आउन लागेको बताउनु भयो ।
आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रम जेठ २४ गते विहान ११ बजे गाउँपालिकाको सभाहलमा बस्ने गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्