Ad image

सुनिलस्मृति गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गर्दै

malashree
malashree १२ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

गणेश केसी

सुनिलस्मृति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गर्ने भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नं. ५ काभ्रामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय भएको हो ।

 

फाल्गुन १४ गते बसेको गाउँकार्यपालिकाको बैठकले चैत्र २६ गते ५ नं. वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय गरेको थियो । चैत्र २६ गते हुने सार्वजनिक सुनुवाई कार्यक्रममामा गाउँपालिकाले चालु आर्थिक वर्षको हाल सम्म सम्पन्न गरेको प्रगति सार्वजनिक तथा समिक्षा गर्ने सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

 

सार्वजनिक सुनुवाई कार्यविधि अनुसार एक जना सार्वजनिक सुनुवाई संयोजक नियुक्त गर्नु पर्ने प्रावधान छ । सार्वजनिक सुनुवाई संयोजकले गाउँपालिका भित्र रहेको सम्पुर्ण वडामा पुगेर नागरिकहरुको गुनासो, समस्या र सुझाव संकलन गर्नु पर्ने छ । यसका साथै पालिका भित्र रहेको विभिन्न सेवाप्रदायक कार्यालयहरुमा पुगेर नागरिक प्रतिवेदन र बहिर्गमन अभिमत संकलन गरिने छ ।

 

जसमा नागरिकहरुले सेवा प्राप्त गरिसके पछि कस्तो प्रतिकृया दिए, कुन–कुन सुझाव दिए, सेवा प्रदायक कार्यालयहरुले दिएको सेवा प्रति सेवा ग्राहिहरुको भनाई कस्तो छ आदि कुराहरु संकलन गरिने छ । संकलन गरिएको गुनासो, प्रश्न, प्रतिकृया वा सुझावलाई चैत्र २६ गते हुने सार्वजनिक सुनुवाईमा वाचन तथा सम्वन्धित सेवाप्रदायकबाट जवाफ समेत खोजिने सुनिलस्मृति गाउँपालिकाले जानकारी दिएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्