Ad image

जिल्ला स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता लिबाङमा सम्पन्न

malashree
malashree ११ चैत्र २०८०, आईतवार
2 Min Read
Aa

मालश्री खबर, फागुन ११ गते रोल्पा

कर्मचारी मिलन केन्द्र रोल्पाको आयोजना जिल्ला स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको आज सदरमुकाम लिबाङ सम्पन्न भएको छ ।

फागु पुर्णिमाको अवसर पारेर कर्मचारी मिलन केन्द्र रोल्पाको आयोजनामा सदरमुकाम लिबाङका चैत्र १० र ११ गते जिल्ला स्तिरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको कर्मचारी मिलन केन्द्र रोल्पाले जानकारी दिएको छ ।

प्रतियोगितामा जम्मा २० टिमको सहभागिता रहको कर्मचारी मिलन केन्द्र रोल्पाका अध्यक्ष रोबर्ट महराले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

प्रतियोगितामा प्रथम टंक प्रसाद आचार्य र हरि प्रसाद वलीको समुह, द्धितिय डिल्लाराज आचार्य आशिष र राजबिर घर्तिमगरको समुह र तृतियमा दिपक डाँगी कुमार वलीको समुह र कमलजङ सेन र सागर पौडेलको समुह गरि दुई समुहले तृतिय स्थान हासिले गरेको आयोजकले जानकारी दिएको छ । बिजेता खेलाडिहरुलाई नगद पुरस्कार, प्रमाण पत्र र मेडलको समेत ब्यवस्था रहेको थियो ।

जिल्ला न्याधिस खिमानन्द भुसालको प्रमुख आतिथ्यतामा शनिबार उद्धघाटन गरिएको प्रतियोगिताको समापन पनि जिल्ला न्याधिस खिमानन्द भुसालले गर्नु भएको थियो ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्याधिस खिमानन्द भुसालले बिजय खेलाडीहरु सबैेलाई बधाई दिदै खेल खेल्ने भनेको स्वास्थ्यको लागी मात्र नभैइ राष्ट्रको लागी पनि भएको बताउनु भएको छ ।

खेल खेल्दा स्वास्थ्यको लागी त यतिकै पनि राम्रो हने कुरा बताउदै न्याधिस भुसालले यदि राम्रो खेलाडी बनेर केन्द्र सम्म पुग्न सकेमा त्यतिखेर राष्ट्रको लागी पनि हुने बताउनु भएको छ ।

उद्धघाट कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख कर्मलाल परियार र प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे रहनु भएको थियो ।

समापन कार्यक्रममा बोल्दै कर्मचारी मिलन केन्द्र रोल्पाका अध्यक्ष रोबर्ट महराले कार्यक्रम सफल बनाउनको लागी आफ्नो क्षेत्रका सहयोग गर्ने, सबै प्रायोजक, कार्यक्रमका अतिथि, सबै सहभागि खेलाडीहरुलाई र समन्वय गर्ने जिल्ला खेलकुल बिकास समिती र जिल्ला ब्याडमिन्टन संघ रोल्पालाई धन्यवाद समेत दिनु भएको छ ।

समापन कार्यक्रमको संचाल कर्मचारी मिलन केन्द्र रोल्पाका सदस्य भुपेन्द डाँगी गर्नु भएको थियो भने उद्धघाटन कार्यक्रमको संचालन कर्मचारी मिलन केन्द्र रोल्पाका सहसचिव श्यामलाल केसीले गर्नु भएको थियो ।

 

 

malashree

प्रतिक्रिया दिनुहोस्